साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आक्रोश

घरतिर बस्ने, सुन खान्छन् पहूँच पुर्‍याई, लुकिराख्छन् । हृदय रुवाए, जननीको जिउ धन खाए, निमुखाको । अझ पनि उस्तै, मति गर्छन् नरक निवासी, हुन खोज्छन् ।

Nepal Telecom ad

हृषीकेश बराल :

सकल फटाहा, घरमा छन्
रगत सबैको, पिउँदै छन् ।
असुर तिनै हुन्, जिउँदै छन्
प्रतिदिन यस्तै, थपिँदै छन् । ।१

शठ खल पापी, नित फालौँ
विधिगत कारा, सब हालौँ ।
घरभरि शोला, अझ बालौँ
अपयश फाल्ने, क्रम थालौँ । ।२

महल बनाए, धन खाई
शरम पचाए, स्तुति गाई ।
पतित हटाऔँ, नय खोजौँ
स्वगृह सपार्ने, विधि रोजौँ । ।३

यदि धन पाए, जन बेच्छन्
स्वजन विदेशी, पनि भन्छन् ।
कुजन यिनै हुन्, ठग पापी
सुजनहरूका, अति घाती । ।४

कतिपय राम्रा, पर भागे
अवसर खोज्दै, घर छाडे ।
घरतिर बस्ने, सुन खान्छन्
पहूँच पुर्‍याई, लुकिराख्छन् । ।५

हृदय रुवाए, जननीको
जिउ धन खाए, निमुखाको ।
अझ पनि उस्तै, मति गर्छन्
नरक निवासी, हुन खोज्छन् । ।६

असु नरहेमा, शव बन्छन्
मरघट जान्छन्, कति लान्छन् ?
तर पनि लोभी, किन हुन्छन् ?
कि मरण पश्चात्, धन बोक्छन् ? । ।७

०००
पोखरा -२६ कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x