साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिस्नुपानी मकवानपुरले हास्यव्यङ्ग्यात्मक गाईजात्रा गर्ने

सामाजिक मुद्दामाथि हास्यसहित पेचिला व्यङ्ग्यमार्फत् समाज सुधारको अपेक्षासहित गायन, वाचन तथा नाटकीय प्रस्तुतिहरू गर्दै आएको अध्यक्ष राजकुमार लामिछानेले जानकारी दिनु भएको छ ।

Nepal Telecom ad

मकवानपुर, २०८१ भदाै २ । हास्यव्यङ्ग्यात्मक कार्यक्रमहरूमार्फत् फरक छाप छोड्दै आइरहेको सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्यात्मक गाईजात्रा कार्यक्रम गर्ने भएको छ ।

सामाजिक मुद्दामाथि हास्यसहित पेचिला व्यङ्ग्यमार्फत् समाज सुधारको अपेक्षासहित गायन, वाचन तथा नाटकीय प्रस्तुतिहरू गर्दै आएको अध्यक्ष राजकुमार लामिछानेले जानकारी दिनु भएको छ ।

सिस्नुपानी मकवानपुर परिवार र स्थानीय कलाकारहरूको सहकार्यमा मनोरञ्जनात्मक क्यारिकेचर, प्यारोडी गायन, व्यङ्ग्यात्मक कविता, प्रहसन/नाटकीय प्रस्तुतिलगायत विविध गतिविधिहरू सञ्चालन हुने कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष मीनप्रसाद लामिछानेले बताउनु भएको छ ।

हेटौँडा उपमहानगरपालिका ४ नं. वडाको विशेष प्रवर्धनमा सो कार्यक्रम ओम्याक्स सिनेमा हलमा आयोजना हुनेछ । कार्यक्रमका लागि अनिवार्य प्रवेश पत्र (पास) को व्यवस्था गरिएको छ संस्थागत तथा पेशागत व्यक्तिहरूले ४ नं. वडाबाट प्रवेश पत्र प्राप्त गर्न सक्ने तथा सिस्नुपानी मकवानपुरमा सम्पर्क गर्न सकिने वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिनु भएको छ ।

राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिकलगायत रहेका विकृति र विसंगतिविरूद्ध हास्यव्यङ्ग्य सिर्जना गरिरहेको सिस्नुपानी मकवानपुरले हास्यव्यङ्ग्यात्मक सिर्जनाहरू; प्रहसन, प्यारोडी, कविता, क्यारिकेचर जस्ता प्रस्तुतिमार्फत् मनोरञ्जन समेत प्रदान गर्दै आइरहेको छ । सिस्नुपानी नेपालको एक मात्र शाखाका रूपमा रहेको यस संस्थाले वार्षिक रूपमा ३ वटा पुरस्कार प्रदान गर्दै आइरहेको छ भने नियमित ४ वटा कार्यक्रम गर्दैआइरहेको छ भने यस संस्थाले स्थानीय सङ्‍गीतकार तथा कलाकारहरूका साथमा यस्ता प्रस्तुतिहरू गर्दै आइरहेको छ ।

०००

– संप्रस पाैडेलद्वारा संप्रेषित

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x