साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जानकारी (२)

पृथ्वीमा उब्जिएका, फल तरु लतिका, कामलाग्ने सबै छन् धर्तीमा जन्मिएका, पशु मनुज चरा, बाँच्न खोज्ने सबै छन् । भत्तामा पल्किएका, प्रतिनिधि जति छन्, खालि सत्ता बदल्छन् झन्डाले तानिएका, स्थिर मन नहुने, भाग खोज्दै फलाक्छन् ॥

Nepal Telecom ad

हृषीकेश बराल :

पीडाले पिल्सिएका, सरल जन कठै ! न्याय माग्दा थुनिन्छन्
सत्ताले मात्तिएका, जन असमयमा, भ्रष्ट हून् मिल्किनेछन् ।
निर्दोषी पक्रिएमा, जुलुस नगरिए, न्याय नै पाउँदैनन्
दोषी त्यो फुत्किएमा, विधि नियम कुनै, ऐन नै चाहिँदैनन् ॥७

मायाँमा लट्ठिएका, तरुण र तरुणी, लाज सम्पूणर् भुल्छन्
रूपासे ठानिएका, युवक र युवती, द्वेषले छुट्टिनेछन् ।
ती लोग्ने मारिएका, विरहित महिला, आँसु झार्दा कुटिन्छन्
हिंसामा पारिएका, अगणित युवती, न्याय माग्दा थुनिन्छन् ॥८

झुक्क्याई बेचिएका, जति सब अबला, गेहमा आउँदैनन्
साङ्लाले बाँधिएका, विलपित बहिनी, फुत्किनै पाउँदैनन् ।
अज्ञानी सोचिएका, अपठित जनको, उड्छ बोली हवामा
लज्जाले ढाकिएका, पुरुष र महिला, बोल्न काँप्छन् सभामा ॥९

पत्नीमा पाइएका, अवगुण जहिल्यै, गोप्य नै राख्नुपर्छ
लोग्नेमा सल्किएका, व्यसन यदि भए, अन्यमा ढाक्नुपर्छ ।
हत्यारा छोडिएमा, त्यस उपर सबै, अग्निझैं बल्नुपर्छ
यात्रामा भेटिएका, पथिकसित सधैं, मित्रवत् बोल्नुपर्छ ॥१०

पृथ्वीमा उब्जिएका, फल तरु लतिका, कामलाग्ने सबै छन्
धर्तीमा जन्मिएका, पशु मनुज चरा, बाँच्न खोज्ने सबै छन् ।
भत्तामा पल्किएका, प्रतिनिधि जति छन्, खालि सत्ता बदल्छन्
झन्डाले तानिएका, स्थिर मन नहुने, भाग खोज्दै फलाक्छन् ॥११

विष्टामा झुम्मिएका, कृमिल मति हुने, नित्य दुर्गन्ध खोज्छन्
सत्तामा ढाडिएका, अझ पनि नपुगी, खान मिष्टान्न रोज्छन् ।
पैह्राले थिच्चिएका, विलपित बबुरा, पाउँदैनन् सहारा
आपत्ले घेरिएका, व्यथित जनहरू, ठान्दछन् कर्महारा ॥१२

०००
पोखरा -२६, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
हाँसो

हाँसो

हृषीकेश बराल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x