साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हो देश सर्वोपरि

के पायौँ कहिले दियो मुलुकले भन्ने नहोस् आदत भ्याएसम्म हिँडौँ विकास पथमा कोही नहौँ बाधक । सारा द्वार खुलून् सधैँ प्रगतिका सम्पन्न बन्नेगरि छाडौँ दोहन गर्न राज्य ढुकुटी हो देश सर्वोपरि ॥

Nepal Telecom ad

हृषीकेश बराल :

भाषा संस्कृति मातृभूमिप्रतिको मायाँ छ हाम्रो अति
हाम्रो राष्ट्र सधैँ अखण्डित रहोस् भन्ने रहोस् सन्मति ।
भ्रष्टाचार गरी थुपार्छ धन जो खेद्नै छ पापीसरि
छाडौँ स्वार्थ निजी भनौँ सकलले हो देश सर्वोपरि ॥१

रक्षा गर्न सकौँ बुझेजति सबै पूर्वीय संस्कार यो
आस्था मूल्य र मान्यता विगतको जीवन्त राख्नै पर्‍यो ।
हाम्रा वेद पुराणका विधिहरू मान्ने बनौँ बेस्सरी
नेपाली पहिचान हुन्छ भनियोस् हो देश सर्वोपरि ॥२

सीमास्तम्भहरू उखेल्न कसिने पापीहरू सिद्धिऊन्
पूर्खाको इतिहास गौरव गरी बुझ्नेहरू जन्मिऊन् ।
धर्तीका सब बन्धु बान्धव बुझौँ आफन्त जस्तै गरी
हामी हौँ सब राष्ट्रभक्त भनियोस् हो देश सर्वोपरि ॥३

चम्काई खुकुरी लडे समरमा पुर्खाहरूले स्वतः
हाम्रा पूर्वज हुन् बहादुर महान् हामी तिनैका सुत ।
हामी न्याय विकास पक्षधर हौँ त्यागी र दानीसरि
ठान्छौँ प्राण समान जन्म धरणी हो देश सर्वोपरि ॥४

जाओस् प्राण पुजिन्न पाउ रिपुको उल्टै हकार्छौँ परे
लड्छौँ शत्रु विरुद्ध सन्धि नगरी अन्याय साह्रै गरे ।
रातो रक्त उमङ्ग जोश बल यो हाम्रो छ योद्धासरि
स्वार्थी भाव हटाउँदै अब भनौँ हो देश सर्वोपरि ॥५

के पायौँ कहिले दियो मुलुकले भन्ने नहोस् आदत
भ्याएसम्म हिँडौँ विकास पथमा कोही नहौँ बाधक ।
सारा द्वार खुलून् सधैँ प्रगतिका सम्पन्न बन्नेगरि
छाडौँ दोहन गर्न राज्य ढुकुटी हो देश सर्वोपरि ॥६

भ्रष्टाचार गरेर सम्पद बढी कुम्ल्याउने दुष्ट हो
गर्दै भाषण राज्य शोषण गरी थुर्प्याउने भ्रष्ट हो ।
चिन्नैपर्दछ राज्यका रिपुहरू जाली फटाहासरि
बिन्ती गर्छु यही भनौँ सकलले हो देश सर्वोपरि ॥७

०००
पोखरा -२६, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
हाँसो

हाँसो

हृषीकेश बराल
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x