साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जीवनको अस्थिरता

कस्तो अचम्मको ऊ, जाँदैन पाठशाला लीला रच्यो अनेकौं, धर्ती छ नाट्यशाला । आदेश गर्छ के के, भाषा बुझिन्न केही आएर लान्छ सारा, चोरेर जीव देही ॥

Nepal Telecom ad

हृषीकेश बराल :

आफन्त शत्रु बन्दा, यो जिन्दगी सकिन्छ
वैरी सबै भएमा, हामी कहाँ जिइन्छ ।
आधार जिन्दगीका, हुन् इष्ट मित्र हाम्रा
सद्भाव राख्न बिर्से, भोग्छौँ दशा नराम्रा ॥१

सोचौँ भलाइ गर्ने, छाडौँ अरू बिगार्न
बाँचौँ सबै बँचाई, अर्को जुनी सपार्न ।
अज्ञात जिन्दगी यो, सिद्धिन्छ भुल्छ मायाँ
राख्नै छ कीर्ति राम्रो, बिर्सेर आज काया ॥२

छोटो छ आयु हाम्रो, बाँचिन्न वर्ष धेरै
खाता हिसाब जाँची, लैजान्छ ऊ सबेरै ।
गर्ने कहाँ गुनासो, मेरो छ काम बाँकी
सुन्दैन ढोग बिन्ती, आएर लान्छ ताकी ॥३

आयो लुकी उडायो, बाँकी हुने रुवायो
मायाँ दया नदेखी, आत्मा झिकी लडायो ।
सामर्थ्य छैन हाम्रो, देख्ने कता पुर्‍यायो
यस्तो अचम्म लाग्ने, हो जिन्दगी सदा यो ॥४

स्थायी नियुक्तझैं ऊ, ठान्दैन कर्मचारी
बर्खास्त गर्छ आफैं, खाता सबै विचारी ।
पासो लिएर आयो, झुक्क्याउँदै फिँजायो
थाहा भएन केही, बेहोसमैं कुदायो ॥५

आई समात्छ घाँटी, लैजान्छ ऊ परानी
हामीहरू सबैको, यस्तै छ जिन्दगानी ।
बच्चा युवा र बूढा, गर्दैन भेदभाव
ज्यादै छ शक्तिशाली, लुक्ने बन्यो स्वभाव ॥६

कस्तो अचम्मको ऊ, जाँदैन पाठशाला
लीला रच्यो अनेकौं, धर्ती छ नाट्यशाला ।
आदेश गर्छ के के, भाषा बुझिन्न केही
आएर लान्छ सारा, चोरेर जीव देही ॥७

सिर्ज्यो सयौं बहाना, डुङ्गा र चीलगाडी
निर्दोष बन्छ आफू, चढ् भन्छ बाँस गाडी ।
के को घमण्ड फुर्ती, सम्मान खोज्छ मान्छे
मान्छे निमित्त मात्रै, र्कै छ गोप्य भान्छे ॥८
जदौ

०००
पोखरा -२६, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
हाँसो

हाँसो

हृषीकेश बराल
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x