साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुस खाने कि जुस खाने ?

नखानेको कुनै छैन मान् । जागिर त खाली देखाउनेन दाँत हो मात्र एक थान् । मकैको घान् । घरमा रित्ता भाँडा कच्रघान । खान नपाए कि कुर्ची तानातान कि मुक्का हानाहान् ।

Nepal Telecom ad

भोज अर्याल :

लुकेरै सद्दे कसैले यी दुइ मध्ये, कुन खान्छौ ? भनेर सोघ्यो भने राष्ट्र सेवक धर्मचारीहरू घुस नै रोज्दा हुन् । हत्तनपत्त मुखैभरि लत्तपत्त । जुस खाने बानी नै छैन । उता धारोमा पानी नै छैन । घुसको आगो भुसको आगोभन्दा कडा । कुरा गरेर साध्यै छैन बडा । घरमा आगो त बोल्दो हो तर त्यो मन कति पोल्दो हो.. ! इमान वेचेर बिमान चड्दा ..! कहिले विमानबाटै भुइँमा लड्दा ।

पुस फास्फुस् भनेझै घुसमा खास्खुस् हुन्छन् । चर्को बोलेमा फेरि अरुलेनै सुन्छन् । खान नपाउॅंदा डाको छोडेरै रुन्छन् । खानेहररू फर्सी जस्तै भित्र भित्रै कुहुन्छन्। सड्छन् हिलैमा गड्छन् । घर पुगेर खाट्मै लड्छन् । ठुलो भुँडीले अचड्छन् । खान मिठो चटपट् घरमा किन खटपट् ? बजेट कम, सोहोर्न पनि त चाहिन्छ नि ठुलै दम् ।

भोक सेवा खायोगले खाने योग जुटाएर भर्ना गर्च ! अनि आफूले नै केही गर्न नसकेरै खुवै ट्वाँ पर्च । भोकले टुर्रेका कर्म छोडेर चारो बटुल्दै हिँड्ने चरी जस्ता चारीहररू नै कसम खान्चन्। काम छोडिछोडी कहाँ जान्चन् जान्चन् । आफूलाइ सिंह दरबारको सिंह नै ठान्चन् । स्यालहरू ढुकेर झ्याप हान्चन् ।

भट्टीमा कि टट्टीमा पुगेर बिटा बटुल्ने । देखेजति झ्वाम् पार्ने । जे पाइन्छ दाउ मार्ने । काममा सधैं पन्छ्ने कि टार्ने । तल्लो तहको पिउॅनै पाए पनि झाँको झार्ने । अलिकति भएको सबै घरतिरै ओसार्ने ।ठूलो हाकिम देख्दा गोडा मोसार्ने ! वाह..! क्या वात ..!

सरकारकै त हो नि हात्..! सरकारी खार्यालयहररू धेरै हुन्छन् । खान पाए ठिक नपाए धर्केर रुन्चन् । दिनभर अफिसाँ गएर झारा टार्नी अलिअलि झ्यापै पार्नी । दिनमा घाम ताप्ने गफ चुट्ने सकेमा तासै फिट्ने । सरकारी काम कहिले जानन् घाम् । टिल्ल खानी डकार्न सक्नेलाइ हकार्ने । कमजोर देखेमा ललकारने । जिब्रो फड्कार्ने ।

जागिर पकाउने बजेट खर्चेर सकाउने । असार महिनामा विकाश सकाएर टार्ने साउनबाटै खोलातिर झार्ने । क्याबात विकाशै विकाश । यो पो हो कुरा खास् । कालो पत्रैपत्रे यात्रुहरु बाटैमा अलपत्रे । माथिबाट झर्ने भिर मरिने होकि भनेर पिरै पिर ..!

धेरै खार्यालयहररूमा खालपोत पनि सबैको रोजाइमा पर्छ । सबैको रोजी अलिअलि भर्न पाइएकै हुन्छ गोजी । टिल्ल ज्यान पार्यो । कुर्चीमा बस्यो । सिधा साधा मुन्छेको पाता कस्यो । जो पनि गयो हाकिमको गोडा घस्यो । मालमा कोहि जान पर्च । एक वर्षमै कमाल नै गर्च । भकारी त चुल्लिने गरिनै भर्च । काठ्मान्डुमा घरै घर । अख्तियारको डरैडर । कसैको छैन् भर् । जे मन लाग्छ गर् । राजेश हमाल क्या कमाल !

भन्सारतिर पनि कोही मन्सार गर्चन् । त्यहा ठुलै कमाइ धमाइ देखेर सबै चकितै पर्चन् । के गर्चन् गर्चन् । हाकिमदेखि पिउनसम्मले पकेट नै गरम गर्चन् । भन्सारमा जान नपाएर कति त मर्चन् । कोही भित्तो कोपरचन् । सबै पायौ कि दुइ हातले ओकट्चन । कहिले मात्तिने कहिले आत्तिने । खाउँ है बाबु पेलेर लात्तीले ।

यी त परे हजुर पुरै स्थायी सरकार । आफू र आसेपासेकै सधै मालामाल । अरुको के दरकार । मन्तरी पनि पुरै हल्लिन्छन् । यिनीहररूसँग काम गर्न नसकेर ज्वरोले थल्लिन्छन् । सरकार त आउँछ जान्छ तर धमिरोले नै पुरै खाएर सक्काउँछन् । त्यही हुनाले त जनता भकभकाउॅंछन् ।

जुन तन्त्र आए पनि यिनीहरु सधै नै गढेका छन् । पढ्न त पढेका छन् । कुर्ची पाउनकै लागि लडेका पनि छन् ।लोकतन्त्रमा त धेरै नै भयो झन् । कि नेताको चाप्लुसी कि तलव कम भएकोमा गनगन् । कति थुपार्छौ हँ अब धन् ।त्यो आँखा लोभी अनि पापी मन । अझैं किन कनकन् । भन् न भन् । मेरो पनि त पोल्छ बाबै यो मन् ।

भनेर भैन तर गर्मचारीलाइ पनि त्यति सजिलो छैन । पकेट गरम सजिलै हुँदैन । घरमा बुडीको कचकच् । छोरासोरीको खर्च । अब त केही गर्चु जे पर्च पर्च । तनखाले खानै पुग्दैन । बाघले बाख्रो आउला र खाम्ला भनेर धेरै बेर ढुक्दै ढुक्दैन् । बाघले त बरु खान्च र लुसुक्क जान्च । तर मेरो मन एक पटक खाएर कहाँ मान्च । भैंसीको पाडोले झैं आउँदासम्म तान्न मन लाउँछ । कोही बोल्यो भने मुखैमा हान्न मन लाउँछ !

ठुलाघरको ठुलै सान् । कसले गर्दो रैच हेरम्न् हाम्रो अपमान् । त्यसपछि बल्ल हुनेछ राम्रै गरि चिनजान् ।अलिकति पिउन पनि पर्यो । थोरै तलब यसो जिउँन पनि त पर्यो । जे छ ठिक्क छ । तल माथि नगरेमा यो जागिरै दिक्क छ ।

महंगीले आकाश छोएको छ त्यसैले त यो मन रोएको पनि छ । माल्दार अफिस् कि मन्त्रालय यो देशाँ गरमचारी के भए भए । आइयो खुप पढेर खाइयो फेरि किर्नो झै गढेर ।

समाजमा हाम्रै छ सान् । नमस्कार पाइएकै छ । यसो मिठो चोखो पनि त खाइएकै छ । फुत्त पिलेना चढेर पल्लो मुलुकतिर जान पनि त पाइएकै छ । पकेट गरम् हाम्लाइ के शरम् के धरम् । यसो नखाएर के भोकै मरम् ? सबैले खाने भएसी म के चोखो बनम् कि बलिको बोको बनम् । नखानेको कुनै छैन मान् । जागिर त खाली देखाउनेन दाँत हो मात्र एक थान् । मकैको घान् । घरमा रित्ता भाँडा कच्रघान । खान नपाए कि कुर्ची तानातान कि मुक्का हानाहान् ।

जय देश जय नरेश, अरु जे सुकै गरेस् आफ्नो भुँडी जसरी पनि भरेस् तर नखानु कहिल्यै पनि हरेस् ..!

०००
क्यानाडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x