साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- १६)

सत्कर्मी व्यक्ति बन्दा प्रगति प्रिय बनी जन्मको खुल्छ सार । खुल्छन् बाटा अनेकौँ असल कृत चुने हर्ष उम्दा उमारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

अर्काको प्राप्ति देखी मन जलन हुने दुष्ट हुन् यत्ति जान।
अर्काको नित्य सेवा गर मन करले बढ्दछन् इष्ट मान ।।
बिग्रेमा कर्म आफ्नो खुद बढ पथमा कृत्य चाला सुधारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।७६।।

खोला सानो पहाडी मन सहज लिने भूल गर्दै नगर्नू ।
पस्दामा वेग चर्को सहन नसकिने हुन्छ यो चेत भर्नू ।।
छामी हेरी बिचारी यदि सहज भए तर्न गर्नू तयारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।७७।।

जस्तै सङ्कष्ट पर्दा हडबड नगरी होसले युक्ति खोज्नू ।
जान्ने छन् योग्य कोही यदि निकट भने शीलतासाथ सोध्नू ।।
फ्याँकिन्छन् कष्ट टाढा घर सुख बटुली दुष्ट टन्टा लघारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।७८।।

बाटाघाटा बनाऊँ विकसित घर होस् खुल्छ सद्भ्रान्ति द्वार।
सत्कर्मी व्यक्ति बन्दा प्रगति प्रिय बनी जन्मको खुल्छ सार ।
खुल्छन् बाटा अनेकौँ असल कृत चुने हर्ष उम्दा उमारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।७९।।

पल्टिन्छन् पत्र आफैँ समय परिधिमा हर्षचिन्ता अनेकौँ।
झेल्ने सङ्कल्प गर्दै कृत पथ नहिँडे दर्द बढ्छन् अनेकौँ ।‌।
पक्रूँ उत्साह नौलो सुखमय घर होस् कष्ट जम्मै पछारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।८०।।

क्रमशः

०००
इलाम नगरपालिका वडा नं ०२ सुम्बेक, इलाम
हाल : चाँगुनारायण ०५ भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x