नारायण ज्ञवालीधोका
कसैलाई धोका नदिउँ, बनौँ ज्ञानी ध्यानी समाजमा सबैसित, मिल्ने बनाउँ बानी धोका दिने मानवको, वैरी भनि जानी जीवन जिउँ सभ्यतालाई, मुलमन्त्र मानी ॥

नारायण ज्ञवाली :
कसैलाई झुक्याएर, दिन हुन्न धोका
आफ्नो स्वार्थ पूरा गर्न, कहिले नदिउँ धोका
अरुलाई बहकाएर, नदिउँ कोही धोका
वोलिको उल्टो गरी, कोही दिन्छन् धोका ॥
अनैतिक आचरण, गरि दिने धोका
झुट्टा काम लगाएर, दिइरहने धोका
छक्कायर अरुलाई, दिने पनि धोका
जवर्जस्त बल मिच्याई, ढाँट्ने पनि धोका ॥
छलकपट व्यवहार, गर्ने पनि धोका
धुर्तता र बेइमानी, गर्ने हो है धोका
सुल्टो उल्टो अरुलाई, सधैँ दिँदा धोका
एकदिन आफै खानुपर्छ, नराम्ररी धोका ॥
कसैलाई धोका नदिउँ, बनौँ ज्ञानी ध्यानी
समाजमा सबैसित, मिल्ने बनाउँ बानी
धोका दिने मानवको, वैरी भनि जानी
जीवन जिउँ सभ्यतालाई, मुलमन्त्र मानी ॥
काम गरौ सधैँ राम्रो, अरु बजाउन ताली
नगरौँ है कसैलाई, अनावश्यक गाली
माला बनाउँ एकताको, मेची महाकाली
धोके तिग्डम असभ्य र , नहौँ हामी जाली ॥
०००
लोकन्थली भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































