साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो प्रवृत्ति

दक्षिणपन्थी कोही भन्छन्, कोही अवसरवादी आरोप प्रत्यारोप गर्छन्, दलाल पुँजीवादी नैतिक धरातल बिर्सी, जसो पनि गर्ने सोझा साझा नेपालीलाई, भ्रम मात्र छर्ने ॥

Nepal Telecom ad

नारायण ज्ञवाली :

कहिले यता कहिले उता, भोट हाल्न भन्छौ
गठबन्धन वनाएर, सिट सङ्ख्या गन्छौ
परीक्षण गर्दा दल, जनप्रिय कुन्छ ?
जनमत वुझ्न सके, बल्ल थाहा हुन्छ ॥

भोट साट्दा चुनावमा, जनतालाई सास्ती
त्यै जनतालाई झुक्यायर, नेतालाई मस्ती
चुनावमा गठबन्धन, एउटासँग गर्‍यो
सरकारमा समीकरण, अर्कोतिर सर्‍यो ॥

दुई महिनामै समीकरण, बदलिन्छ फेरि
जनताहरू हैरान भए, दलको चाला हेरी
फेरिएको समीकरण, चल्छ एक वर्ष
समिकरण बद्लिदा, छैन कत्ति हर्ष ॥

व्यवस्था त बदलियो आन्दोलनको भरमा
अवस्था त वद्लिएको, छैन कुनै घरमा
काण्डै काण्ड छिपेका छन्, सुशासन छैन
यो व्यवस्था नेतालाई भो, जनतालाई हैन ॥

छिनछिनमा बदलिन्छ, यहाँ समीकरण
स्वार्थै स्वार्थ ढाँट छलमा, हुन्छ ध्रुवीकरण
पुराना र नयाँ पार्टी, छैनन् फरक केही
बोत्तल मात्र फेरिएछ, रक्सि पर्‍यो त्यही ॥

द्वन्द्वै द्वन्द्व अस्थिरता, विभाजित छन् दल
खप्पिस छन सधैँ हुन्छ, गर्छन् कपट छल
सत्तापक्ष प्रतिपक्ष, एउटै समीकरण
ठुला दल एकै ठाउँमा, छैन उदाहरण ॥

दक्षिणपन्थी कोही भन्छन्, कोही अवसरवादी
आरोप प्रत्यारोप गर्छन्, दलाल पुँजीवादी
नैतिक धरातल बिर्सी, जसो पनि गर्ने
सोझा साझा नेपालीलाई, भ्रम मात्र छर्ने ॥

कालो पनि सेतो हुने, मिल्दासम्म स्वार्थ
छेपारे यो प्रवृत्तिको, छैन कुनै अर्थ
जताततै निराशा छ, सन्तोष कतै छैन
वेथिति र निराशाले, आशा जाग्ने हैन ॥

०००
लोकन्थली, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म सांसद

म सांसद

नारायण ज्ञवाली
मलाई प्यारो सत्ता

मलाई प्यारो सत्ता

नारायण ज्ञवाली
म नेता

म नेता

नारायण ज्ञवाली
धोका

धोका

नारायण ज्ञवाली
म नेता

म नेता

नारायण ज्ञवाली
मान्छे

मान्छे

नारायण ज्ञवाली
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
सुकुम्बासी सुर्ता

सुकुम्बासी सुर्ता

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x