साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विगतकै छ सिको अझ वृद्धको

शमन होस् मनको अब शान्तिले । रमन होस् भवको सब कान्तिले ॥ नमन होस् जगको जब क्रुद्धको । विगतकै छ सिको अझ वृद्धको ॥

Nepal Telecom ad

राजेन्द्रकुमार बज्राचार्य :

जति गरौँ शुभका सब कर्मले ।
मति भरौँ भवका अब धर्मले ॥
प्रण गरौँ प्रभुमा मन शुद्धको ।
विगतकै छ सिको अझ वृद्धको ॥१॥

जब भयौँ जगमा नर जातले ।
भव रह्यो मदमा चर साथले ॥
किन भयो रसको चुर तृप्तको ।
विगतकै छ सिको अझ वृद्धको ॥२॥

प्रणयको मदमा न त होस छ ।
विनयको गडमा अब जोस छ ॥
रसदमा जमिए लयबद्धको ।
विगतकै छ सिको अझ वृद्धको ॥३॥

प्रभु भए जगको सब चालक ।
विभु रहोस् नरको अब पालक ॥
सुख रहोस् भ्रमले अवरुद्धको ।
विगतकै छ सिको अझ वृद्धको ॥४॥

शमन होस् मनको अब शान्तिले ।
रमन होस् भवको सब कान्तिले ॥
नमन होस् जगको जब क्रुद्धको ।
विगतकै छ सिको अझ वृद्धको ॥५॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ

बुबाका आमाका अनुभव सिकी...

राजेन्द्रकुमार बज्राचार्य
बुबा र आमा, सधैँ हसाऔँ

बुबा र आमा, सधैँ...

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १२

वृद्ध चिन्तन – १२

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ११

वृद्ध चिन्तन – ११

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १०

वृद्ध चिन्तन – १०

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ९

वृद्ध चिन्तन – ९

राजेन्द्रकुमार बज्राचार्य
0
Would love your thoughts, please comment.x
()
x