राजेन्द्रकुमार बज्राचार्यबुबाका आमाका अनुभव सिकी सक्षम बनौँ
तिनैका आत्मालेअनुचरित छन् ज्ञान सबल । असाध्यै मीठा छन् हरवचन ती आर्जित फल॥ बचाई राखौँ ती सब मननले स्थावर रचौँ । बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ॥
राजेन्द्रकुमार बज्राचार्य :
सजाऔँ छातीमा सब रहरका जीवन कथा ।
बुझौँ आमा बाबासँग कहरका अन्तर व्यथा ॥
सहे पीडा सारा अनलस निको आदर गरौँ ।
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ॥
॥१॥
कमाई राशी ती धन मननका आखिर प्रथा ।
समाई सारा ती घर वतनका दाखिल विधा॥
जमाई राखेका सब नियममा सामिल रहौँ ।
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ॥
॥२ ॥
सिकौँ पुर्खाका ती शुभ वरणका ज्ञान सब ती ।
जितौँ सारा आशा हृदयतलका काख जननी॥
दिई माया छाया हरप्रहरमा सुस्थिर बसौँ ।
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ॥
॥ ३॥
तिनैका आत्मालेअनुचरित छन् ज्ञान सबल ।
असाध्यै मीठा छन् हरवचन ती आर्जित फल॥
बचाई राखौँ ती सब मननले स्थावर रचौँ ।
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ॥
॥ ४॥
भनूँ मर्यादामा दिनदिन तिनै सत्य वशमा ।
उतारूँ छन् पीडा मनमुटु कतै खोजबिनमा॥
भवानी दुर्गाझैँ अनवरत छन् प्रेरक बुझौँ।
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ॥
॥ ५॥
०००
काठमाडाैं
मिति:- २०८३/०४/१७
Subscribe
Login
0 Comments
Oldest







































