साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन – ९

वृद्धाले पनि कर्ममा हरदिनै, देओस् सदा साथ त्यो । बुझ्नाले सब मिल्छ बात मनको, भित्री समस्या न हो ॥ आस्थाले जब पुत्र पौत्र तनमा, छाओस् खुसी रोचक । वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥

Nepal Telecom ad

राजेन्द्रकुमार बज्राचार्य :

वृद्धा सन्तति साथमा दिनदिनै, चाहमा माया गरी ।
माया स्वप्नसरी नहोस् रहरको, लौ छैन टाढासरी ॥
काखैमा सब खेल्दछन् दिनदिनै, गाडी चढी चालक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥४२॥

छन् बाजे र बजे जहाँ हरदिनै, ती नातिका आसमा ।
बुझ्लान् नाति र नातिना सकलले, संयुक्त आवासमा ॥
बढ्दा प्रेम जहाँ सदा कुशलता, सायुज्य होस् एकक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥४३॥

सारा बालक बालिका नव प्रभा, ती सूर्यका ज्योति हुन् ।
खोजीमा नव चाहना भुवनमा, केलाउँदै साथ झन् ॥
साह्रै व्यस्त रहे तिनै कहरमा, सिकाइ गर्दा तक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥४४॥

वृद्धाले पनि कर्ममा हरदिनै, देओस् सदा साथ त्यो ।
बुझ्नाले सब मिल्छ बात मनको, भित्री समस्या न हो ॥
आस्थाले जब पुत्र पौत्र तनमा, छाओस् खुसी रोचक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥ ४५ ॥

आशीर्वाद रहोस् सदैव उनमा, लागोस् सदा आशिक ।
स्वार्थी मानवको जरा दहन होस्, छाओस् बडा प्राज्ञिक ॥
होस् मस्तिष्क निदान खातिर कतै, विज्ञानको द्योतक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥ ४६॥

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ

बुबाका आमाका अनुभव सिकी...

राजेन्द्रकुमार बज्राचार्य
विगतकै छ सिको अझ वृद्धको

विगतकै छ सिको अझ...

राजेन्द्रकुमार बज्राचार्य
बुबा र आमा, सधैँ हसाऔँ

बुबा र आमा, सधैँ...

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १२

वृद्ध चिन्तन – १२

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ११

वृद्ध चिन्तन – ११

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १०

वृद्ध चिन्तन – १०

राजेन्द्रकुमार बज्राचार्य
सधैँ ज्येष्ठसाथ !

सधैँ ज्येष्ठसाथ !

कविराज घिमिरे
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

बिन्दु दहाल ‘मूकदर्शक’
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

चेवनचन्द्र बस्नेत
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x