साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आख्यानकार गीता केशरीलाई सम्मानित तथा पुरस्कृत

लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व राजदूत प्रा.डा.जयराज आचार्यले आख्यानकार गीता केशरीलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

Nepal Telecom ad

काठमाडाैं, २०८१, असार २२ । यशस्वी साहित्यकार लीलाध्वज थापाको १०४ औँ जन्मजयन्तीका अवसरमा आयोजित एक विशेष कार्यक्रममा आख्यानकार गीता केशरीलाई रू २५०००/- को नगद राशि सहित सम्मानित तथा पुरस्कृत गरिएको छ।

लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व राजदूत प्रा.डा.जयराज आचार्यले आख्यानकार गीता केशरीलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

प्रमुख अतिथि प्रा.डा.जयराज आचार्यले नेपाली साहित्यको इतिहास त्यति लामो नभए पनि हाल नेपाली साहित्य ज्यादै झ्याङ्गिदै गएको बताए। साथै,उनले महिला लेखिकाहरू पनि सशक्त भएर साहित्यमा लागिपरिरहेकोमा प्रशंसा पनि गरेका थिए। जुन साहित्यकारको लोकप्रियता बढी छ, व्यापक छ जसले नयाँ नयाँ पुस्ताहरूमाथि के कस्तो प्रभाव पारेको छ त्यसबारे सोधकार्यमा हाल आफू लागिपरेको कुरा व्यक्त गरेका थिए ।

सभापतिको आसनबाट बोल्दै प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले आज आफू सम्मानित भएको बताए भने भारी वर्षा भएको बेलामा पनि उपस्थित भएर कार्यक्रमलाई सफल बनाउने सबै आगन्तुकहरूप्रति आभार प्रकट गरेका थिए । साथै, उनले आफ्ना पिता लीलाध्वज थापाको बानीब्यहोराका बारेमा पनि बोलेका थिए।

सम्मानित व्यक्तित्व गीता केशरीले लीलाध्वज थापाको बारेमा आफ्नो मन्तव्य राख्दै लीलाध्वज थापाका कृतिहरू नारीवादी हुने गरेको बताइन् । साथै, उनले लीलाध्वज थापा साहित्य प्रतिष्ठानले नेपाली साहित्यिक क्षेत्रमा पुर्याउँदै योगदानको प्रशंसा गर्नुका साथै लीलाध्वज थापाको नामको सम्मानबाट आफू सम्मानित हुन पाएकोमा कृतज्ञता पनि व्यक्त गरेकी थिइन्।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार विजयध्वज थापाद्वारा लिखित नियात्रा कृति’दश घुम्ती’को लोकार्पण पनि गरिएको थियो।

कार्यक्रममा डा.ज्ञानु पाण्डेले सम्मानित व्यक्तित्व गीता केशरीको कृतित्व तथा व्यक्तित्वमाथि संक्षेपमा प्रकाश पारेकी थिइन्।

त्यसैगरी, डा.शैलेन्दु प्रकाश नेपालले यशस्वी लीलाध्वज थापाको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पार्दै प्रतिष्ठानका बारेमा बोलेका थिए। साथै, उनले साहित्यकार विजयध्वज थापा तथा उनका अन्य कृतिहरू लगायत लोकार्पित’दश घुम्ती’का बारेमा पनि बोलेका थिए।

कार्यक्रममा प्रा.डा. रामप्रसाद ज्ञवाली तथा कवि अर्जुन विरक्तिले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा कवयित्रीहरू राधिका गुरागाई तथा सन्ध्या पहाडीले आ-आफ्ना कविता वाचन गरेका थिए । दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन यादव भट्टराईले गरेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x