अमर सन्ततितीन ठोक्तक
एघार महिनासम्म कागजातको पुल जुट्छ जताततै भोकाएका धमिराको हूल छुट्छ ढुकुटी नै भर्न हो कि छलाङ मार्न समृद्धिको ! मेरो देशमा असारमा विकासको मूल फुट्छ ।

अमर सन्तति :
१.
शरणार्थी पड्की आऊन्
ललिताजी कड्की आऊन्
बालमन्दिरकी देवी जागी
गिरीबन्धु भड्की आऊन् ।
२.
कागलाई बेल जस्तो भयो देशको राजनीति
केटाकेटी खेल जस्तो भयो देशको राजनीति
देश र जनतालाई त यहाँ सधैँ सास्ती मात्रै,
बालुवाको तेल जस्तो भयो देशको राजनीति ।
३.
एघार महिनासम्म कागजातको पुल जुट्छ
जताततै भोकाएका धमिराको हूल छुट्छ
ढुकुटी नै भर्न हो कि छलाङ मार्न समृद्धिको !
मेरो देशमा असारमा विकासको मूल फुट्छ ।
०००
रामेछाप, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































