वासुदेव तिमल्सिनाविलपावर
“किन ? के भो ? के काम पर्यो ?” पतिले अझ कडा स्वरमा सोध्यो । पत्नीले मसिनो र मलिन स्वरमा जवाफ दिई, “हजुर ! रामुले फेरि रक्सी खान थाल्यो ।”

बासुदेव तिमल्सिना :
“आ ! तपाईंको त कुनै विलपावर नै छैन । केही काम अडिएर गर्न सक्नु हुन्न । हेर्नोस् त हाम्रो छिमेकी रामुले एकै वचनमा रक्सी खान छोडिदियो ।”
पत्नीले पतिलाई हेपेर भनी ।
पतिलाई पनि सारै चित्त दुख्यो । उसले श्रीमतीलाई सबक सिकाउने बिचार गर्यो ।
पतिले पत्नीलाई भन्यो, “अब म तँलाई मेरो विलपावर देखाउँछु । आजदेखि म तँसँग सँगै सुत्दिन । अर्को कोठामा सुत्छु ।”
पतिका कुरा सुनेर पत्नीले ओठ लोप्र्याई ।
पति अर्को कोठामा सुत्न थाल्यो । दुई चार दिन त एक्लै सुत्दा एक्लोपन र डर महसुस भएपनि पत्नीले खपी । तर अब खपाइको पनि पराकाष्ठा हुन लाग्यो ।
एक रात पति मस्तले सुतिरहेको थियो । कसैले ढोका थपथपायो ।
“को हो हँ ?” पतिले कड्केर सोध्यो ।
“म हूँ राधिका । हजुरकी पत्नी ।”
“किन ? के भो ? के काम पर्यो ?” पतिले अझ कडा स्वरमा सोध्यो ।
पत्नीले मसिनो र मलिन स्वरमा जवाफ दिई, “हजुर ! रामुले फेरि रक्सी खान थाल्यो ।”
०००
लालबन्दी, सर्लाही
Subscribe
Login
0 Comments
Oldest






































