साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन – ११

ती सारा जन लाग्दछन् मुलक ती, के काम पो खोज्दछन् । पैंतालीस छ ताप त्यो नगरमा, खै काम के रोज्दछन् ॥ ज्यानै जान्छ कसोगरी गरममा, लाग्ला यहाँ पावर । वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥

Nepal Telecom ad

राजेन्द्रकुमार बज्राचार्य :

ती सन्तान सबै बिदेसिन गए, होओस् भनी आर्जन ।
ठूलो खर्च गरी गरी सकसले, सोझ्याउँदै बन्धन ॥
ठूलो स्वप्न लिएर नै सकलले, पीडा लिएको तर ।
वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥५१॥

ती सन्तान बनून् प्रबुद्धजन नै, खोज्दै विदेशी धरा ।
सामग्री सब साथमा ऋण लिई, मानी स्वयंझैँ बरा ॥
शिक्षाको वरदान मिल्छ सहजै, सम्झेर तिर्दा कर ।
वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥५२॥

कोही भारतमा बसे कति गए, अष्ट्रेलियामा सब ।
कोही साथ अमेरिका जति गए, संसारमा गौरव ॥
पाखागाउँ सबै भुले अब उता, पोख्दै रहे जाँगर ।
वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥५३॥

ती सारा जन लाग्दछन् मुलक ती, के काम पो खोज्दछन् ।
पैंतालीस छ ताप त्यो नगरमा, खै काम के रोज्दछन् ॥
ज्यानै जान्छ कसोगरी गरममा, लाग्ला यहाँ पावर ।
वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥५४॥

शिक्षा हेतु गए विदेश पलमा, दिक्षान्त कैले हुने ।
गाह्रो धान्न यहाँ त खर्च दिनमा, ओैकात जैले रुने ॥
खोज्दै काम गरे सदैव छिनमा, सौगात मिल्ला तर ।
वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥५५॥

०००

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ

बुबाका आमाका अनुभव सिकी...

राजेन्द्रकुमार बज्राचार्य
विगतकै छ सिको अझ वृद्धको

विगतकै छ सिको अझ...

राजेन्द्रकुमार बज्राचार्य
बुबा र आमा, सधैँ हसाऔँ

बुबा र आमा, सधैँ...

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १२

वृद्ध चिन्तन – १२

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १०

वृद्ध चिन्तन – १०

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ९

वृद्ध चिन्तन – ९

राजेन्द्रकुमार बज्राचार्य
सधैँ ज्येष्ठसाथ !

सधैँ ज्येष्ठसाथ !

कविराज घिमिरे
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

बिन्दु दहाल ‘मूकदर्शक’
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

चेवनचन्द्र बस्नेत
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x