साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन – ११

ती सारा जन लाग्दछन् मुलक ती, के काम पो खोज्दछन् । पैंतालीस छ ताप त्यो नगरमा, खै काम के रोज्दछन् ॥ ज्यानै जान्छ कसोगरी गरममा, लाग्ला यहाँ पावर । वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥

Nepal Telecom ad

राजेन्द्रकुमार बज्राचार्य :

ती सन्तान सबै बिदेसिन गए, होओस् भनी आर्जन ।
ठूलो खर्च गरी गरी सकसले, सोझ्याउँदै बन्धन ॥
ठूलो स्वप्न लिएर नै सकलले, पीडा लिएको तर ।
वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥५१॥

ती सन्तान बनून् प्रबुद्धजन नै, खोज्दै विदेशी धरा ।
सामग्री सब साथमा ऋण लिई, मानी स्वयंझैँ बरा ॥
शिक्षाको वरदान मिल्छ सहजै, सम्झेर तिर्दा कर ।
वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥५२॥

कोही भारतमा बसे कति गए, अष्ट्रेलियामा सब ।
कोही साथ अमेरिका जति गए, संसारमा गौरव ॥
पाखागाउँ सबै भुले अब उता, पोख्दै रहे जाँगर ।
वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥५३॥

ती सारा जन लाग्दछन् मुलक ती, के काम पो खोज्दछन् ।
पैंतालीस छ ताप त्यो नगरमा, खै काम के रोज्दछन् ॥
ज्यानै जान्छ कसोगरी गरममा, लाग्ला यहाँ पावर ।
वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥५४॥

शिक्षा हेतु गए विदेश पलमा, दिक्षान्त कैले हुने ।
गाह्रो धान्न यहाँ त खर्च दिनमा, ओैकात जैले रुने ॥
खोज्दै काम गरे सदैव छिनमा, सौगात मिल्ला तर ।
वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥५५॥

०००

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विगतकै छ सिको अझ वृद्धको

विगतकै छ सिको अझ...

राजेन्द्रकुमार बज्राचार्य
बुबा र आमा, सधैँ हसाऔँ

बुबा र आमा, सधैँ...

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १२

वृद्ध चिन्तन – १२

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १०

वृद्ध चिन्तन – १०

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ९

वृद्ध चिन्तन – ९

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ९

वृद्ध चिन्तन – ९

राजेन्द्रकुमार बज्राचार्य
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x