ढाकामाेहन बरालबधुँवा मजदूर
श्रीमतीलाई उनको म्यासेज के रहेछ जान्ने उत्सुकता लाग्यो र हेरिन् । दलले आजको संसद बैठकको लागि लगाएको ह्विप आदेश रहेछ ।

ढाकामोहन बराल :
“छिटो गरौं न हो ढिलो भयो ।” उनले कराउन थाले ।
“कस्तो केटाकेटी जस्तो होइसिन्छ हजूर, कान्छी घर गाछे, हर्के एक्लै छ काम गर्ने ।” श्रीमतीज्यूले भने पछि चुप लाग्यो ।
बरण्डाबाट ग्यारेज तर्फ हेर्दै “गाडी पनि सफा गर्या छैन होला ।” भन्दै एक्लै भुत्भुताए । “ल म क्यान्टिनमा नै लन्च गर्छु, ए हर्के गाडी पुछेर निकाल्दै गर त ।” भन्दै कपडा लगाउन थाले ।
“जहिले हतार गरिसिन्स हजूर । ल यति लिसियोस् ।” भन्दै किस्तीमा ड्राईफ्रुट र एक गिलास दूध लिएर श्रीमतीज्यू आइन् ।
उनीहरू कुरा गर्दा गर्दै उनको मोबाइलमा म्यासेज आयो ।
उनले म्यासेज हेरे मनमनै कुरा गरे तर ओठले “दाम्लो” भनेको स्पष्ट अनुमान लगाउन सकिन्थ्यो ।
श्रीमतीलाई उनको म्यासेज के रहेछ जान्ने उत्सुकता लाग्यो र हेरिन् । दलले आजको संसद बैठकको लागि लगाएको ह्विप आदेश रहेछ ।
०००
पोखरा ३० मासबार, कास्की
Subscribe
Login
0 Comments
Oldest






































