साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रिय फेसबुक !

अब आइन्दा राम्रा कुरामात्र भनेस्, लेखेस् चित्र देखाएस्, नढाँटेस् नचाहिने कुरा नछाटेस् त्यसैले शिशिर सहनै विवश पारिस् भने प्रिय पनि कसरी पो भनूँ र बरु पेन्डिङ राख्छु प्रिये तेरो प्यार !

Nepal Telecom ad

हेम अधिकारी :

प्रिय फेसबुक !
कति प्यारो छस् तँ
जति सङ्गत गर्‍यो उति लुटपुटिन मन लाग्ने
छोड्न मनै नलाग्ने,
अचम्मै लाग्छ कति प्यारो कति प्यारो !
तर प्रिये !
हिजोआज म
के के देखिरहेछु, के के सुनिरहेछु ।
तँ मज्जाले बोल्छस् तर सुनूँ कि नसुनूँ लाग्ने
मजाले लेख्छस् पढूँ कि नपढूँ लाग्ने
के के देखाउँछस् हेरूँ कि नहेरूँ लाग्ने ।
किन यस्तो ?
अलिक मात्तिएको, अलिक पात्तिएको हो ?
प्रिये

यी अनेक सुन्नु नसुन्नु पर्ने शब्द, वाक्य किन वर्षाउँछस् !
मेरो भाषामा नबोल्दा हुने कुरा
किन बोल्छस् ?
मेरो भषालाई हेपेर तल नगिराएस् है !
कि तँ मेरो राम्रो भाषा बुझ्दैनस् ?
तेरो परिचय आफ्नै बोलीले दिँदैछन्
हिजो म्वाईं खाँदै अगालो हाल्दाका शब्द
अनि आज
शब्दकोशले नधान्ने शब्दवाण वर्षा
लाज पनि लजाउँछ, घिन पनि घिनाउँछ
अलिकति त सम्मान गर्न मेरो भाषालाई
प्रिय फेसबुक !

हिजो स्वर्गै बनाइदिने, तिलश्मी भाषणका वर्षा गरिस्
पत्याएकै हूँ
लास गन्ने दिनचर्या, दिइस्
र क्रान्ति भनिस्
त्यो पनि मानिदिएँ ।
पर्दा पारिको आनन्दको तथास्तु
तैँलेनै सुनाएको होइन र ?
होला नि भनिदएँ ।
बथानै धुरी चढिस्
यसैका लागि
ल्याएको शान्ति भनिस्
त्यो पनि मानिदिएकै हूँ ।
तर आज के के सुनाउँदैछस्
प्रिय फेसबुक !

पत्यारिलो भाषा र चाहिएको कुरा मात्र सुना भनेको
बुझ् न प्रिये अब ता

खै सङ्गत नगरी नि सकिएन,
बेलैमा तेरो मोहनी बस्यो
लाइस् अनि बस्यो त
आज के के लेख्तैछस्
तेरा भित्ताहरूमा
लेख्ने सीमा नाघेर
अर्काको नाङ्गोपन उछाल्दा
आफैँ नाङ्गिएको थाहा पाइनस् प्रिये !
हामीलाई बारम्बार भेडा बनाउने
नौटङ्की, फेरि चिच्याहट
आफ्नै भोकको अलाप विलापमात्र
किन लेखिरहेछस्
नलेखेस् है !
दुस्साहसका उच्छ्वास र अगतिला कुरा ।

म छक्क पर्छु !
तेरा भित्तामा झुल्किँदा अस्ताउँदा
चित्रहरू देखेर
पिठिउँ फर्काइदिन मन लाग्छ
तर के गर्नु र
तेरो मोहनी मन्त्रले पगाल्नु पगाल्छ
बाध्य छु
विवश हुन्छु एकाग्र हुन ।
कलाहीन कलाकारहरूका अकलामा
जादुगरीमा,
घरि हाँस्छु, घरि रिसाउँछु, मुर्मुरिन्छु
घरि आफैँ सुरिन्छु
निजी धन, मान र प्रतिष्ठा केन्द्रित अकला
हरिहत्ते गरेका नाटक र तिनका पात्र
रत्नाकर कालिदास बने भनेर भनिथिस्
प्रिय ढाँट,
हिजो अनेक व्याख्या गरिथिस्
अझ तिखारिएका रत्नाकर, अझ उद्याइएका,
खै त कालिदास रूप ?
तेरा अनेकन कर्तुतमा
फस्ताफस्तै कतै म आफैँ नचिनिने हूँ कि
शङ्का लाग्छ प्रिये !
किन बाटो बिराउँछस् ?

यस्तै बाटो बिराएकै बेला
कैयौँ चाडहरू बिरसिलामै गए
शुभकामना खै काम लागे
आखिर शिशिर आउनेनै भयो
रोकिएन शिशिर ।

अब आइन्दा राम्रा कुरामात्र भनेस्, लेखेस्
चित्र देखाएस्, नढाँटेस्
नचाहिने कुरा नछाटेस्
त्यसैले
शिशिर सहनै विवश पारिस् भने
प्रिय पनि कसरी पो भनूँ र
बरु पेन्डिङ राख्छु प्रिये
तेरो प्यार !

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्पात भो

उत्पात भो

हेम अधिकारी
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x