साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुबा र आमा, सधैँ हसाऔँ

विनम्रताले, सदैव माथा, झुकाेस् न हाम्रो, दुवै समीप । प्रणाम गर्दै, र हात जोड्दै, प्रसन्नताले, परोस् प्रभाव ॥ भरोस गर्दै, अपार माया, लिएर हामी, सधैँ रमाऔँ। नबिर्स हाम्रो, परम्परा यो, बुबा र आमा, सधैँ हसाऔँ ॥

Nepal Telecom ad

राजेन्द्रकुमार बज्राचार्य :

नछोड हाम्रो, परम्परा यो, सदैव राम्रो, गरी मिलाऔँ।
नजोड अर्को, परम्परा त्यो, बिटुल्छ हाम्रो,सबै समालौँ ॥
हुनेछ नाता, सधैँ दह्रो यो, सिकिन्छ राम्रो, कुरा बसालौँ ।
नबिर्स हाम्रो, परम्परा यो, बुबा र आमा, सधैँ हसाऔँ ॥

बसौँ न साथै, सकेर भान्सा,कुरा गरेरै सुतौँ न राति ।
कथा र पीडा,फुकिन्छ सारा, बुवा र आमा असाध्य जाती ॥
स्वभाव हाम्रो, गरेर चिन्ता, निकास राम्रो भनी बुझाऔँ।
नबिर्स हाम्रो, परम्परा यो, बुबा र आमा, सधैँ हसाऔँ ॥

सदैव मानौँ,सधैँ बसालौं, सुझाव मान्ने रहोस् चिनारी ।
छ सृष्टि जानौँ, दुवै पियारा, बुवा र आमा, छ जानकारी ॥
विशाल श्रद्धा, पुजेर माता, पिता नछोडोस् भनी बुझाऔँ।
नबिर्स हाम्रो, परम्परा यो, बुबा र आमा, सधैँ हसाऔँ ॥

जगत् सबैमा, पिता र माता, समान कोही यहाँ हुँदैन ।
न थाक्छ कोही, बुझेर सारा, अभिन्न प्राणी, दुवै बिझेन ॥
नहोस् न आस्था, विहीन छोरा, समान छोरी यहाँ नभोगौँ ।
नबिर्स हाम्रो, परम्परा यो, बुबा र आमा, सधैँ हसाऔँ ॥

विनम्रताले, सदैव माथा, झुकाेस् न हाम्रो, दुवै समीप ।
प्रणाम गर्दै, र हात जोड्दै, प्रसन्नताले, परोस् प्रभाव ॥
भरोस गर्दै, अपार माया, लिएर हामी, सधैँ रमाऔँ।
नबिर्स हाम्रो, परम्परा यो, बुबा र आमा, सधैँ हसाऔँ ॥

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ

बुबाका आमाका अनुभव सिकी...

राजेन्द्रकुमार बज्राचार्य
विगतकै छ सिको अझ वृद्धको

विगतकै छ सिको अझ...

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १२

वृद्ध चिन्तन – १२

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ११

वृद्ध चिन्तन – ११

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १०

वृद्ध चिन्तन – १०

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ९

वृद्ध चिन्तन – ९

राजेन्द्रकुमार बज्राचार्य
0
Would love your thoughts, please comment.x
()
x