साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुसेलीको ८२यौं कार्यक्रममा साउन एवम् गुरुको सम्झना

संस्थापक केन्द्रीय सल्लाहकार चन्द्रा न्यौपाने र वरिष्ठ कवि कलानिधि दाहाल विशिष्ट अतिथि रहनुभएको बयासियौँ कार्यक्रम सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

काठमाडाैं । राष्ट्रिय सुसेली फाउन्डेसन, नेपालले यसै संस्थाका संरक्षक एवम् संस्थापक केन्द्रीय सल्लाहकार चन्द्रा न्यौपाने र वरिष्ठ कवि कलानिधि दाहाल विशिष्ट अतिथि रहनुभएको बयासियौँ कार्यक्रम सम्पन्न भएकाे छ ।

साउन एवम् गुरु सम्बन्धी सुसेली वाचन/गायन सम्पन्न कार्यक्रमा फाउन्डेसनका संस्थापक केन्द्रीय अध्यक्ष एवम् सुसेली उपविधाका प्रवर्तक दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ को सभापतित्व रहेको थियाे । कार्यक्रम संस्थाका संस्थापक केन्द्रीय उपाध्यक्ष सुशीला ढकाल अधिकारीको स्वागत मन्तव्यबाट सुरु गरी सञ्चालन भएको थियो ।

१६ जना साहित्यकारहरूको उपस्थितिमा सञ्चालित साउन र गुरु विशेष सुसेली वाचन/गायनको कार्यक्रममा विशिष्ट अतिथि दाहालले आज उपस्थित सबै साहित्यकारहरूका सुसेलीमा संक्षिप्त टिप्पणी गर्दै कविहरूका विभिन्न लयका मीठा सुसेली सिर्जना गरी सुनाउनु भएकामा खुसी व्यक्त गर्दै सुसेलीमा कविहरूले बिम्ब र प्रतीक प्रयोग गरेमा अझै सुन्दर बन्ने भएकाले त्यसतर्फ सबैको ध्यानाकर्षण गराउँदै साउन र गुरु सम्बन्धित आफ्ना केही सुसेलीहरू गाएर सुनाउनु भयो ।

यसैगरी अर्की विशिष्ट अतिथि न्यौपानेले आज वाचन भएका सुसेलीहरूको प्रशंसा गर्दै देशमा विद्यमान परिस्थिति, साउन र गुरु विशेष आफ्ना केही सुसेली गाएर सुनाउनुभयो ।

साउन एवम् गुरु विशेष सुसेली गायन/वाचनमा सहभागी अतिथि सुसेलीकारहरूमा पवनकुमार बुढाथोकी, वासुदेव ठकुरी, ध्रुवराज थापा, सुरेशचन्द्र घिमिरे, विश्वनाथ ढुङ्गेल, द्वारिका कुईँकेल, रामशरण न्यौपाने, कल्पना दाहाल, जानुका थापा रायमाझी, लक्ष्मीप्रसाद मिश्र, आर्त अकुलीन लगायतले विषय केन्द्रित रहेर सुसेलीहरू गाएर सुनाउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सुसेली फाउन्डेसनले रक्तदान कार्यक्रममा सहभागी जनाउने विषयमा पनि गहन छलफल भएको थियो ।

अन्त्यमा संस्थाका अध्यक्ष एवम् कार्यक्रमका सभापति ‘भमरकोटे’ ले कार्यक्रममा उपस्थित सहभागी र सहयोगी सबै साहित्यकारहरूमा धन्यवाद ज्ञापन गर्नुका साथै सुसेलीको तीज विशेष भौतिक कार्यक्रम कसरी गर्ने भन्ने विषयमा सोच विचार गर्न सबैलाई अनुरोध गर्नुका साथै रक्तदान गर्न इच्छुक साहित्यकारहरूले नाम टिपाउँदै गर्न अनुरोध गर्नुभयो ।

उहाँले चाड साउन १५ नेपालीको खीर खाने परम्म्पराको निरन्तरता दिनुपर्ने कुरामा जोड दिँदै वाचित सुसेलीहरूको समीक्षात्मक टिप्पणीका साथ सभापतित्वको मन्तव्यसहित गुरु र साउन विषयका आफ्ना केही सुसेलीहरू गायन गरेर कार्यक्रमको समापन गर्नुभयो ।
०००
दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’काे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x