फित्काैली डटकमसुसेलीमा कविशिरोमणिको सम्झना
राष्ट्रिय सुसेली फाउन्डेसन, नेपालको ७४ अौं भर्चुअल कार्यक्रम कविशिरोमणि लेखनाथ पौड्याललाई सम्झना गर्दै यही शनिबार सम्पन्न भएको छ ।

काठमाडाैं, २०८२ पुस १९ । राष्ट्रिय सुसेली फाउन्डेसन, नेपालको ७४ अौं भर्चुअल कार्यक्रम कविशिरोमणि लेखनाथ पौड्याललाई सम्झना गर्दै यही शनिबार सम्पन्न भएको छ ।
संस्थाकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीले उद्घोषण गर्नुभएको कार्यक्रमको सभापतित्व सुसेलीका प्रवर्तक, फाउन्डेसनका संस्थापक एवम् केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ ले गर्नुभएको थियो भने विशेष उपस्थितिमा कविवर कलानिधि दाहाल र संस्थाकी संरक्षक एवम् संस्थापक केन्द्रीय सल्लाहकार चन्द्रा न्यौपाने हुनुहुन्थ्यो ।
कविशिरोमणिको सम्झनामा प्रस्तुत गरिएका सुसेलीहरूको विशिष्ट अतिथि दाहालले समालोचनात्मक टिप्पणीका साथमा केही सुसेलीहरू प्रस्तुत गर्नुभएको । त्यसैगरी विशिष्ट अतिथि न्यौपानेले आलोचना/समालोचनाहरूले संस्थाका साथै सुसेली उपविधाको उन्नयनमा प्रेरणादायी विशेष महत्त्व राख्ने विचारका साथमा सुसेलीलाई यसको संरचना नबिगरी गायन/ वाचन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
अध्यक्ष भमरकोटेले सुसेलीप्रति अपनत्व राख्ने मित्रगणबाट आएका आलोचनात्मक सुझावहरूले नै सुसेलीको हित गरिरहेको र साथीहरूबाट सुसेलीमा भएका कमीकमजोरीलाई उजागर गरिदिनुहुन अनुरोध गर्दै सल्लाह, सुझाव, आलोचना र प्रत्यालोचनाले सुसेलीलाई अझै सबल बनाउँदै लैजाने कुरा बताउनुभयो । यसका साथै उहाँले वास्तवमा आफ्नाले नै आफ्नालाई गाली गर्छन्, जुन कुरा गाली नभएर माया हो भन्नुभयो । सबैलाई धन्यवाद दिने क्रममा उहाँले कविशिरोमणि सम्बन्धी सुसेलीहरू गाउनुभयो ।
कार्यक्रम प्रस्तोता सुशीला ढकाल अधिकारीको सुसेलीवाचनबाट आरम्भ भएको कार्यक्रममा वाचनका सहभागीहरूमा सुरेशचन्द्र घिमिरे, घनश्याम पौडेल, विश्वनाथ ढुङ्गेल, सविता के.सी., द्वारिका कुइकेल, जगदीश्वर पोखरेल, संगीता नेपाल, कृष्णप्रसाद पौडेल जस्ताघरे लगायत १५ जनाभन्दा बढी स्रष्टाहरू हुनुहुन्थ्यो ।
कविशिरोमणि लेखनाथ पौड्याल सम्बन्धी सुसेली वाचन कार्यक्रम भनिए तापनि केही स्रष्टाहरूले भने शिरोमणिमा समर्पण गर्दै स्वतन्त्र सुसेली प्रस्तुत गर्नुभएको थियो ।
अन्त्यमा सङ्ख्यात्मकभन्दा पनि गुणात्मक हिसाबले कार्यक्रमको प्रस्तुति विशेष रहेकामा खुशी लागेको छ भन्दै सभापति भमरकोटेले धन्यवादसहित कार्यक्रमको समापन गर्नुभएको थियो ।
०००
दुर्गा भमरकाेटेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest





































