साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दलालहरु एकै ठाउँमा

जनता पनि मरेकै छन् जिउँदो देख्दिनँ सर्वत्र राक्षसी रजौटाले छाए साथी हो ।

Nepal Telecom ad

मरुभूमि नारायण :

दलालहरु एकै ठाउँमा आए साथी हो
जिउँदो मान्छे यिनैले बचाए साथी ही ।

जो विदेशीकै हितमा काम गरिरहन्छ
तिनैले ताला चाबी समाए साथी हो ।

जसको हृदयमा नेपाल छैन तिनैले नै
यो देश बनाउँने कृया खाए साथी हो ।

आकाशको जून तारा यिनैले झार्छन्
देशका माटो यिनैले पचाए साथी हो ।

विदेशीले पाल्ने रहेछ कुकुर बिरालो
हेर्दा हेर्दै बाध भालु उदाए साथी हो ।

मख्ख नपर भेडा जनता नम्र बोलीमा
यिनले त थुनमै मुख लगाए साथी हो ।

जनता पनि मरेकै छन् जिउँदो देख्दिनँ
सर्वत्र राक्षसी रजौटाले छाए साथी हो ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x