साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भीम उदासको ‘विदेशमा नेपाल खोज्दै’ कृतिको परिचर्चा

कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवम् कवि गीतकार एस्पी कोइरालाले कुटनीति, कलम र कर्म भीम उदासको शक्ति भएको धारणा राख्नुभयो । कृतिलाई लेखकीय इमानदारीले महत्त्वपूर्ण बनाएको उहाँको भनाइ थियो ।

Nepal Telecom ad

काठमाडौं । साहित्यिक पत्रकार संघद्वारा आज यहाँ आयोजित विशेष कार्यक्रममा स्रष्टा भीम उदासद्वारा लिखित संस्मरणात्मक कृति ‘विदेशमा नेपाल खोज्दै’को परिचर्चा गरियो ।

भीम उदासको यो कृति विशेषगरी एनआरएनको स्थापनाको विषयमा केन्द्रित छ । साथै म्यान्माको राजदूत भएको बेलाको संस्मरणहरू पनि यसमा रहेका छन् । कार्यक्रम अनामनगरस्थित डालो रेस्टुरेन्टमा भएको थियो ।

कार्यक्रममा पूर्व राजदूत भीम उदासले आफू युएन अन्तर्गतको सेवामा रहँदा हरपल देशबाहिर रहेका नेपालीहरूलाई संगठित कसरी गर्न सकिन्छ भन्ने सोचको परिणाम नै एनआरएनको स्थापना भएको बताउनुभयो । उहाँले संस्थाको स्थापनामा आफ्नो व्यक्तिगत स्वार्थ केही नभएको बताउँदै नेपाल र नेपालीको हितका लागि नै संस्था स्थापना भएको स्पष्ट पार्नुभयो ।

अध्यक्षको आसनग्रहणबाट आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकालीले भीम उदासको परिचय र योगदानबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवम् कवि गीतकार एस्पी कोइरालाले कुटनीति, कलम र कर्म भीम उदासको शक्ति भएको धारणा राख्नुभयो । कृतिलाई लेखकीय इमानदारीले महत्त्वपूर्ण बनाएको उहाँको भनाइ थियो ।

इतिहासविद् प्राडा. सुरेन्द्र केसीले यस्तो महत्त्वपूर्ण कृति प्रकाशित भएकोमा खुशी प्रकट गर्नुभयो र भन्नुभयो, यो देशमा विभिन्न क्षेत्रका विशिष्टता हासिल गरेका र साधकहरू सम्मानित हुने अवस्था अझै सिर्जना नभएको उल्लेख गर्नुभयो ।
वरिष्ठ समालोचक प्रमोद प्रधानले एनआरएनको स्थापनामा पृष्ठभूमिमा रहेर काम गरेका भीम उदासको योगदानको सो संस्थाले सम्मान नगरेको धारणा राख्नुभयो । एनआरएनलाई सशक्त रूपमा अघि बढाउने हो भने राजनीतिको दूषित हावाबाट जोगाउनुको विकल्प नभएको उनले बताए ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले शुभकामना दिनुभएको थियो । सो अवसरमा कृतिकार उदासलाई बधाई सम्मान पनि गरिएको थियो । सो अवसरमा गीतकार एवं समाजसेवी शोभित उप्रेती, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ ल्गायतको उपस्थिति थियो ।

कार्यक्रम कवि एवम् पत्रकार मणि लोहनीले संचालन गर्नुभएको थियो । पुस्तक सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको हो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x