साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धनुषटङ्कार

उसले मलाई चुपचाप तलदेखि माथिसम्म हेर्दै रुखो स्वरमा सोध्यो - "के छ ?" "हजुर, मेरो कम्मर दुख्या छ ।"

Nepal Telecom ad

दिव्य गिरी :

हल्ला कति सत्य थियो भन्ने कुरा हल्ला फैलाउनेहरू नै जानुन् । तर पनि मेरो मनमा ऊप्रति अनास्था बढेको थियो । दैनिक ज्यालादारीमा जागिरे थिएँ । काममा नगए तलब काटिन्थ्यो । वाध्य भएर उसको स्वागतमा गएँ ।

ढोकाको दुवै छेउमा सिँगारिएका दुईवटा गाग्रीभरि पानी र त्यसको मुखमाथि फूल राखिएको थियोे । स्वागतमा उभिएकाहरूको हातमा फूलका गुच्छा थिए । मन नलागि नलागि म उनीहरूसँगै अन्तिममा उभिएको थिएँ ।
ऊ आयो । सबैले उसलाई धनुष्टङ्कार गर्दै फूलका गुच्छा दिएर स्वागत गरे । ऊ चाहिँ सबैको अनुहारमा हेर्दै मुसुमुसु हाँसिरहेको थियो ।

मैले पनि उसलाई बधाई छ भन्दै फूलको गुच्छा दिएँ । उसले मलाई चुपचाप तलदेखि माथिसम्म हेर्दै रुखो स्वरमा सोध्यो – “के छ ?”
“हजुर, मेरो कम्मर दुख्या छ ।”

ऊ सरासर कोठामा गयो । म तत्काल थर्मसभरि तातोपानी लिएर उसको कोठामा गएँ । उसको पिए धनुष्टङ्कार मुद्रामा के के भनिरहेको थियो । त्यतिबेला नै पङ्खाको हावाले उडाएर कागजको एउटा पाना भुइँमा झारिदियो । मैले हत्तपत्त कागज टिपेर टेबलमा राखिदिएँ ।

उसले मतिर आक्रोसपूर्ण नजरले हेर्दै सोध्यो -“कम्मर दुख्या बिसेक भयो ?”

०००
श्रावण २७, २०८३
ललितपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 month ago

हो त नि धनुष्टङ्कार नमस्कार चढाएर स्वागत गर्न नसक्ने तर खसेको कागज निहुरेर टिप्न सक्ने अवस्था देखेपछि प्रश्न पैदा त हुने नै भयो नि।

Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
सधैं लुकेर खायौ

सधैं लुकेर खायौ

दिव्य गिरी
अभाव

अभाव

शेषराज भट्टराई
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x