दिव्य गिरीधनुषटङ्कार
उसले मलाई चुपचाप तलदेखि माथिसम्म हेर्दै रुखो स्वरमा सोध्यो - "के छ ?" "हजुर, मेरो कम्मर दुख्या छ ।"
दिव्य गिरी :
हल्ला कति सत्य थियो भन्ने कुरा हल्ला फैलाउनेहरू नै जानुन् । तर पनि मेरो मनमा ऊप्रति अनास्था बढेको थियो । दैनिक ज्यालादारीमा जागिरे थिएँ । काममा नगए तलब काटिन्थ्यो । वाध्य भएर उसको स्वागतमा गएँ ।
ढोकाको दुवै छेउमा सिँगारिएका दुईवटा गाग्रीभरि पानी र त्यसको मुखमाथि फूल राखिएको थियोे । स्वागतमा उभिएकाहरूको हातमा फूलका गुच्छा थिए । मन नलागि नलागि म उनीहरूसँगै अन्तिममा उभिएको थिएँ ।
ऊ आयो । सबैले उसलाई धनुष्टङ्कार गर्दै फूलका गुच्छा दिएर स्वागत गरे । ऊ चाहिँ सबैको अनुहारमा हेर्दै मुसुमुसु हाँसिरहेको थियो ।
मैले पनि उसलाई बधाई छ भन्दै फूलको गुच्छा दिएँ । उसले मलाई चुपचाप तलदेखि माथिसम्म हेर्दै रुखो स्वरमा सोध्यो – “के छ ?”
“हजुर, मेरो कम्मर दुख्या छ ।”
ऊ सरासर कोठामा गयो । म तत्काल थर्मसभरि तातोपानी लिएर उसको कोठामा गएँ । उसको पिए धनुष्टङ्कार मुद्रामा के के भनिरहेको थियो । त्यतिबेला नै पङ्खाको हावाले उडाएर कागजको एउटा पाना भुइँमा झारिदियो । मैले हत्तपत्त कागज टिपेर टेबलमा राखिदिएँ ।
उसले मतिर आक्रोसपूर्ण नजरले हेर्दै सोध्यो -“कम्मर दुख्या बिसेक भयो ?”
०००
श्रावण २७, २०८३
ललितपुर
Subscribe
Login
0 Comments
Oldest








































