साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हवसमाण्डु

सायराले हवसमाण्डुको रात्री जीवनमा पहिलो ग्राहकको प्रतीक्षा गरिरहँदा— "थाहा छैन......! हवस मेटियो कि मेटिएन हवसमाण्डुको-??

Nepal Telecom ad

एमपी अराईटो :

एकदिन एकाएक सुरु भयो
एउटा अनौठो फोबिया
उनकै बालसखा सत्यवती,
अर्थात्
सरु सत्यालको मानसपटलमा पनि….।
गम्ने तरिका आ–आफ्नै,
जम्ने तरिका आ–आफ्नै,
यो शहरमा रम्ने तरिका आ–आफ्नै।
यस्तै–यस्तै मेलोडी धुनमा
हवसमाण्डुको मुटुमा बसेर
दुनियाँको मुटु छामिरहेको
मिलेनियम बारको प्लाटिनियम टेबलबाट।
फिंगर चिप्सको फिगर नाप्दै,
फरेन वाइनसँग ओठ मिसाउँदै,
चिकेन रोष्टको साँप्रामा काउकुती लाउँदै गरेकी
लिजा सागर—
उर्फ
लिलावती शर्माको
एकथान एआई भिडियो
टिकटकको दुनियाँमा भाइरल भएको
दृश्य आफ्नै आँखाले देखेपछि—
तान्न थाल्यो
हवसमाण्डुको स्वप्नील–सम्मोहनले।
पलपल यही सोच्न थाली ऊ—
फिंगर चिप्सको फिगर,
जेरीको जोवन,
रसगुल्लाको रियाक्ट—म पनि नाप्थेँ नि !
त्यो क्याप-सयानो कि, के जाती
क्यापुचिनोको तातो वाफसँगै
यो शाकाहारी जिब्रोलाई वाइनको चुस्की,
चिकेन तन्दुरीको स्वादले नपत्याए पनि…!
हुन पनि कुनै कुरामा कम थिइन ऊ।
उही गाउँ, उही परिवेशबाट,
लोग्ने खाडी हिँडेको केही महिनापछि
हुर्किँदै गरेका छोराछोरी,
गाउँको घरखेत बूढा सासू–ससुराको जिम्मा लाएर
शहर छिरेकी लिजा भन्दा-
उसको लोग्ने त झन्
बर्षौ भइसकेको थियो प्रदेशिएको।
राम्रै थियो, प्रवासी कमाइ पनि।
सायद,
यही सिजोफ्रेनिया-
घोडा चढ्न थाल्यो उस्को शान्त मनमा
अनि,
गह्रौँ लाग्न थाल्यो
सासू–ससुराको आशीर्वाद।
इरिटेड गर्न थाल्यो
बाबु–नानीहरूको बालक्रीडाले।
बोरिङ लाग्न थाल्यो
मखमली सयपत्रीले
झपक्क ढाकेको बूढो घरको खुला आँगन।
उजाड लाग्न थाल्यो गाउँको हरियाली,
चराहरूको चिरबिर,
धारा–पँधेराहरूको गाइँगुइँ…
एक साँझ
एउटा खबर मिसियो—त्यही गाइँगुइँमा।
“सरुले गाउँ छोडिन् रे…!”
बिस्तारै बिस्तारै
यो पनि सुनियो
समयको लामो मेहेरोले—
कानका घण्टी बजाउँदा-
कसो–कसो
आफ्नै लोग्ने भेटियो रे !
कुनै एक रात।
सरु उर्फ
सायराले हवसमाण्डुको रात्री जीवनमा
पहिलो ग्राहकको प्रतीक्षा गरिरहँदा—
“थाहा छैन……!
हवस मेटियो कि मेटिएन हवसमाण्डुको-??”
“कुदिरहेको छ या थाक्यो, अफट्र्याकमा प्रतिस्पर्धा गरिरहेको
बे-लगाम घोडा ??”

०००
अछाम।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म

म

एमपी पाण्डे
हाडमासुको रोबर्ट

हाडमासुको रोबर्ट

एमपी पाण्डे
दशैंघरबाट

दशैंघरबाट

एमपी पाण्डे
कुखुरी काँ

कुखुरी काँ

एमपी पाण्डे
छिल्लिएको घाम

छिल्लिएको घाम

एमपी पाण्डे
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x