साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुखुरी काँ

भोलि सखारै थाल्नु छ फेरि उही उकालो, उही ओरालो मध्य पूर्व रेखाबाट अन्तिम गन्तव्यका लागि बा गएको बाटो पछ्याउँदै कुनबेला भालेले डाक लाउन बेर छैन कुखुरी काँ ।

Nepal Telecom ad

एमपी पाण्डे :

मैले सुनेको´थेँ
सुनाएको थिए
पढेको´थेँ
पढाएको थिए
अग्लो भनेकै सगरमाथा हो
त्यो भन्दा अग्लो केही छैन
कोही छैन यो दुनियाँमा
त्यही सगरमाथा माथिको नभ:
त्यही नभका ताराहरू
त्यही माथिको जुन
त्यो भन्दा माथिको बेललाई
फरक राखेर हेर्ने हो भने।

तर,भोगेको थिइनँ
र, छैन पनि
जिन्दगी त यसै सकिन सकिन आँट्यो
जिन्दगीकै उकालो,ओरालो गर्दागर्दै
आखिर
सगरमाथा भन्दा कैयौं गुणा अग्लो रहेछ
सुकेका आन्द्रा र फुकेको भोकको उचाई
दिनानुदिन गहिरिँदै गहिरिँदै गरेका
एकजोडी निल सागरको गहिराईबाट
मान्छेको भिड नियालेपछि।

यै बेला
खोइ कताबाट हान्निएर आई उ
अनि, देउडाको रट लगाई रही
बदलिदो संचारको बुईँ चढेर
जतिबेला म
एक अनौठो दलदलमा थिएँ
हिउँदको सिरेटोलाई लिस्नो बनाएर
हिमालको रुख चढ्दै गर्दा
समाउने हाँगा, टेक्ने पेड भाँच्चिएपछि
उधो खस्दै थिएँ लगातार लगातार
भिरबाट खसेको बूढो गोरु जस्तो
धन्न लालीगुराँसको पेडले काँध हाल्यो
श्वास खस्नु अघि
र त, ज्युँदै छु
विश्वासको भिरबाट खसेर पनि ।

जे होस्
पूर्ववत भइयो
कोही कसैले चाहे पनि, नचाहे पनि
आउ अब
रत्यौली खेलौ पुनर्मिलनको
भरे भोज खानुपर्छ
नुन खोर्सानीसँग साँधेर
एक माना आँसुको तोङ्वा तान्दै
संयोगले भेटेको जो छु
सिनो नपाएर भोकले मरेको
एकथान गिद्धको जवान लास।

भोलि सखारै
थाल्नु छ फेरि
उही उकालो, उही ओरालो
मध्य पूर्व रेखाबाट
अन्तिम गन्तव्यका लागि
बा गएको बाटो पछ्याउँदै
कुनबेला भालेले डाक लाउन बेर छैन
कुखुरी काँ ।

न बास भन्या काँ मान्दो छ,भाल्या बास्न लाइग।
समयको चक्र……ब्युह……,लिसो डास्न लाइग।।
कुखुरी काँ।।

०००
एमपी अराइटो
जिन्दगीको बेसक्याम्पबाट
२०८१/०८/२७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हाडमासुको रोबर्ट

हाडमासुको रोबर्ट

एमपी पाण्डे
दशैंघरबाट

दशैंघरबाट

एमपी पाण्डे
छिल्लिएको घाम

छिल्लिएको घाम

एमपी पाण्डे
सु-साइट नोट

सु-साइट नोट

एमपी पाण्डे
स्वाधिनताको गीत

स्वाधिनताको गीत

एमपी पाण्डे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x