साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वाधिनताको गीत

गर्भैदेखि माटो, मुटु र राष्ट्रियताको बिन बजाओस् भावी पुस्ताले मेचीकालीको लयमा लय मिसाउँदै गुनगुनाओस् स्वाधिनताको गीत ! स्वाधिनताको गीत !!

Nepal Telecom ad

एमपी पाण्डे :

गोठ गर्भिणी भयो
खशीले बलत्कार गरेपछि
आजीवन काराबासको सजाय तोकियो
निर्दोष भेडालाई दोषी करार गरेर
अनि, मैले देश छोडेँ
गधाहरूको गाँस काटिएपछि
मालिक अघायो
बाँचुन्जेल शान्ति….
मर्दा मलामी पाएनन् मेरा बाले
गाउँ निकाला गरियो आमालाई
पोइ-टोकुवाको आरोपमा
सिमापारि पुग्यो, सधिँयार बिनाको साँध
भोलि पर्सि के जवाफ दिनु खोइ ?
हाम्रो छोराले देश खोज्यो भने
एक थान नेपालको नक्सा
सुरक्षित राख्नु है बुढीमाउ
भरे त्यै पनि नपाउन बेर छैन
खेतालाले शासन चलाएको देशमा
आखिर बिषै छाद्ने न हो
सर्पलाई दूध पिलाए पनि
अब सपेरा रोप्ने दिन आए
सुहागरातको पहिलो प्रहरमा
गर्भ निरोधका अवरोधहरू छलेर
ता कि
गर्भैदेखि माटो, मुटु

राष्ट्रियताको बिन बजाओस्
भावी पुस्ताले
मेचीकालीको लयमा लय मिसाउँदै
गुनगुनाओस् स्वाधिनताको गीत !
स्वाधिनताको गीत !!

०००
मिर्गस्थली, काठमाडाैं
२२-१०-०८०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म

एमपी पाण्डे
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
हाडमासुको रोबर्ट

हाडमासुको रोबर्ट

एमपी पाण्डे
दशैंघरबाट

दशैंघरबाट

एमपी पाण्डे
कुखुरी काँ

कुखुरी काँ

एमपी पाण्डे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x