साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कल्याण !

कल्याणको नाम सबैले लिए। "यी गुरुले जसको पनि कल्याण गरे !" ईश्वर मयुरोपाध्यायले पुरस्कृत पात्र "नदीनोपाध्याय मैदारो" को कानमा फुस्फुसायो।

Nepal Telecom ad

धनराज गिरी :

लिन्कर थिन्कर तुलसी निरौलाको अनुरोधमा प्रोफेसर कल्याणनारायण विवेकी लाग्यो दूर शहरको एउटा क्याम्पसमा प्राध्यापकहरूसित अनुभव आदानप्रदान गर्न।

“सर, हजुरजस्तो गत्यात्मक क्षमता भएको मान्छे यो फेसबुकमा अल्झिएर, यी खुजुरा शेरहरू लेखेर बस्ने होइन नि। खास लेख्ने, कि एउटा संस्थामा अगुवाइ गर्ने, चित्त बुझेन मेरो। नेपालको पानी खेर गएजस्तो भयो हजुरको प्रतिभा ।!”

सबैले भनेको कुरा उसले पनि भन्यो । प्रोफेसर जगमोहन आजाद र प्रोफेसर ढुक्कनारायण चौधरीले पनि भनेका थिए । तर विवेकीको आफ्नै समस्या थियो, कुन दिन कुन विदेश उड्न पर्ने हो, नेपालको बसोबास नै अनिश्चित ! सबै कुरा सुनायो, निरौलाको नाक घिरौला जत्रो भयो, हिन्दी गीत सुनेर।

एउटा शानदार क्याम्पस । ठूलो हल । अध्यक्षको भव्य स्वागत । अध्यक्षको सामुन्नेमा सबै नतमस्तक । “यो यो यो ठग यहाँ !?” प्रोफेसर विवेकीले मान्छे चिन्यो । पच्चीस बर्षअघि उसको शहर प्रतापपुरबाट धेरैको उठिवास बनाएर एउटा पात्र गायब भएको थियो ।

उही पात्र अहिले यहाँ ! झुसिल्किरो पुतली ? रत्नाकर वाल्मीकि ?? प्रोफेसरको मनमा कुरा खेल्यो । नमज्जाको कुरा, त्यो ठगको कारणले तीन छोरी र पत्नीले आत्महत्या गरे । ऊ, त्यो चोर, यहाँ आएर नयाँ घरजम गरेछ। उसको यहाँको इज्जतदार जिन्दगी देखेर प्रोफेसरले सोच्यो, “कोही किन बर्बाद होस् । यसले गरीबहरू मारेको होइन, ठगहरूलाई नै ठगेको हो। म बोल्दिन । मरोस् !” मौन बस्यो प्रोफेसर ।

तर… उसको आँखा र अध्यक्षको नैन चार भए । आत्तियो ऊ । तीन घन्टा चल्यो कार्यक्रम । “सर,हजुरलाई अध्यक्षज्यूले बोलाउन, भएको छ। “क्याम्पसप्रमुख अभयराज सुवेदी। पछि लाग्यो कल्याण ।

“कल्याण सर !” पाउ समायो । रोयो । “म पापी, म हत्यारा, म अपराधी ! मेरो लागि हरेक सजाय कम हुन्छ। तर ती सबै कुराहरू एकादेशको कथा भयो । हजुरको हातमा छ मेरो जिन्दगी । हजुरको मौनताको मूल्य कति ?” हैट ! स्तब्ध भयो कल्याण । के गर्ने ? बोलेन।

“सर,मसित पैसा जति भने पनि छ। अपुताली नै अपुताली।म एक करोड दिन्छु। हजुरको हातमा छ मेरो इज्जत !” “ठगहरूको खान हुन्छ। ” प्रोफेसर जगमोहन आजादले भनेको सम्झियो । “ए कल्याण, तीन कल्याण, तेरो पनि रु पच्चीस लाख आयो, अरू ७५ ले समाज सेवा । ठोक, यार ठोक !”

कल्याणको खातामा रू एक करोड आयो । “उपकार यात्राको नाममा रू पचास लाख र साहित्यिक पुरस्कारका लागि रू पच्चीस लाख मुद्दतिमा, अक्षयकोष बनाएर राख्यो। “कसैले पनि स्रोत खोजेनन् । दुनिया आँप खान्छ, रुख गन्दैन। “कल्याण नै कल्याण !”

यो घटना घटित भएको पनि १५ वर्ष भयो । आज २०९५ साल भाद्र ९ गते, उसको जन्म दिन। भव्य कार्यक्रममा १५ चेलाचेली, ती प्राध्याक र दुई साहित्यकारहरू पुरस्कृत भए।प्रमुख अतिथि “अनुजा मधुबाला गिरोपाध्याय” पाल्पा, रामपुरबाट । निरौला पनि आएको थियो । कल्याणको नाम सबैले लिए। “यी गुरुले जसको पनि कल्याण गरे !” ईश्वर मयुरोपाध्यायले पुरस्कृत पात्र “नदीनोपाध्याय मैदारो” को कानमा फुस्फुसायो। “विम्व विम्व, यी दाजी हाम्रो खास विम्व,पवित्र आत्मा !”

अस्तित्वको सामुन्नेमा कल्याणको कल्याणकारी अस्तित्व सबैले स्वीकारे । एउटा अङ्ग्रेजी साहित्यको किताब बोकेर गायत्रीकान्त पाठक पनि आइपुग्यो । “अरू प्रश्न केही ?” अजयले सोध्यो । “छैन ।” रामानुज भरत बोल्यो ।

खीर आयो । कार्यक्रम कल्याणको महलमा नै, किसानप्रेमी प्रख्यातीको महलमा जस्तै।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
नक्कल

नक्कल

सुरेशकुमार पाण्डे
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
हाकिमको कालो कर्तुत

हाकिमको कालो कर्तुत

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x