सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चार ठोक्तक

बजेट ढिलो बैठक ढिलो कामै ढिलो सरकारको यस्तै चालले जनताको मनमा छाउन गाह्रो भयो ।

Nepal Telecom ad

ठोक्तक १

अपरिचितको बात सुनी एकोहोरो खुल्नु हुन्न
अज्ञात स्थलमा भौतारिदै एक्लै एक्लै डुल्नु हुन्न
वाधा अड्चन आए पनि हरेश नखाइ जिन्दगीमा
को हुँं म र के गर्नु छ भन्ने कहिल्यै भुल्नु हुन्न ।

ठोक्तक २

माया लाए पनि सधैं साथ कहाँ मिल्छ हजुर
जहाँ गइ लुके पनि भुसुनाले चिल्छ हजुर
उतार चढाव आउँदै गर्छन् यस्तै रैछ जिन्दगानी
धेरै चोट नदिनु है मेरो पनि दिल छ हजुर ।

ठोक्तक ३

काम सबै छुटिगयो राहत पाउन गाह्रो भयो
टाढा बस्दा सम्झना छ घर आउन गाह्रो भयो
बजेट ढिलो बैठक ढिलो कामै ढिलो सरकारको
यस्तै चालले जनताको मनमा छाउन गाह्रो भयो ।

ठोक्तक ४

बाहिरफेर हिडौं भने कोरोनाको भय
घरभित्र बस्दा भयो जीवन पीडामय
गाह्रो हुन्छ बिना श्रम हातमुख जोर्न
कसो गरी समाउला खै जिन्दगीले लय ।

०००

मातातीर्थ, काठमाडौं

(काेराेना कालमा लेखिएकाे)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खाई खाई विकास गरौँ !

खाई खाई विकास गरौँ...

नवराज न्याैपाने माैन
आआफ्नै गन्थन

आआफ्नै गन्थन

नवराज न्याैपाने माैन
चार ठाेक्तक

चार ठाेक्तक

नवराज न्याैपाने माैन
वृद्धावस्था

वृद्धावस्था

नवराज न्याैपाने माैन
वृद्धावस्था

वृद्धावस्था

नवराज न्याैपाने माैन
तीन ठोक्तक

तीन ठोक्तक

नवराज न्याैपाने माैन
तीन ठोक्तक

तीन ठोक्तक

बाबुराम पाेखरेल
बेलाको बोली – ७९

बेलाको बोली – ७९

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

एन बि नेपाली