साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आआफ्नै गन्थन

खान पाए नेपालीले अलकत्रा खान्छ मनको धोको पूरा गर्न विदेशीलाई तान्छ कुर्ची पाए भुसुनाले सिंह हुँ झैँ ठान्छ ढुकुटीमा चर्न पाए कसको के पो जान्छ । सेवा के हो व्यापार के हो एकछत्तै भयो गरिब मान्छे जता पनि रित्तै रित्तै भयो ।

Nepal Telecom ad

नवराज न्यौपाने ‘मौन’ :

सानो छँदा अकालैमा मर्छु जस्तो लाग्थ्यो
हुर्केपछि काम नौलो गर्छु जस्तो लाग्थ्यो
विदेशमा श्रम बेची बितिगयो जुनी
अझै पनि विदेश जा जा भन्छिन् मेरी उनी ।

खेतीपाती कल्ले गरोस् युग अर्कै भयो
रित्तो गोजी लिई गाउँमा बस्न झर्कै भयो
धर्मशास्त्र भन्दा ठूलो अर्थशास्त्र रै’छ
देशमा बसी केही गर्छु भन्नू मात्र रै’छ ।

चालचलन अर्कै भयो पैसा भयो ठूलो
बेसाहाले रोग ल्यायो बल्न छाड्यो चूल्हो
बाबाआमा पिरोलिन्छन् सम्झी छोरा नाति
योभन्दा त जमाना त हाम्रै थियो जाती ।

जुनी हाम्रो बितिगयो भाषण सुनी सुनी
पठाएको पठायै छौं नेता चुनी चुनी
पद्धति नै बसालेनन् दोष कल्लाई दिनु
गिद्ध उडी आकाशमा खोजेका छन् सिनु ।

सबै गर्छन् आफ्नो चिन्ता देशको चिन्ता छैन
खर्बाैँ ऋण लागे पनि तिर्ने कहिल्यै हैन
वीर सम्झी शिर उँचो राखे पनि यहाँ
हातमुख जोर्नलाई नगई हुन्न त्यहाँ ।

आत्मनिर्भर बन्न सके गुहार चाहिँदैन
इमान्दार बन्यौँ भने सुको खाइँदैन
देश राम्रो बनाउनु छ हातगोडा घोटी
पद मात्रै ताक्ने हैन पर्खाैँ एकचोटी ।

नेपाल हेर्न आएका छन् विदेशीका ताँती
हामी गर्छौं काम होइन कुरा नानाभाँती
नेपालमा प्रजातन्त्र धेरैचोटी आयो
उफ्रिएर जनताले नारा पनि लायो ।

खान पाए नेपालीले अलकत्रा खान्छ
मनको धोको पूरा गर्न विदेशीलाई तान्छ
कुर्ची पाए भुसुनाले सिंह हुँ झैँ ठान्छ
ढुकुटीमा चर्न पाए कसको के पो जान्छ ।

सेवा के हो व्यापार के हो एकछत्तै भयो
गरिब मान्छे जता पनि रित्तै रित्तै भयो
चरेश खाए बाँच्ला बरु हरेश खाए मर्छ
जहाँ गए नि सबै कुरा नेपालीले गर्छ ।

०००
चुँदी, तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पछुताे

पछुताे

नवराज न्याैपाने माैन
तपाईंको बाउको के जान्छ ?

तपाईंको बाउको के जान्छ...

नवराज न्याैपाने माैन
खाइ खाइ विकास गराैँ

खाइ खाइ विकास गराैँ

नवराज न्याैपाने माैन
साँच्चै हाे कि हैन साथी ?

साँच्चै हाे कि हैन...

नवराज न्याैपाने माैन
खाई खाई विकास गरौँ !

खाई खाई विकास गरौँ...

नवराज न्याैपाने माैन
चार ठोक्तक

चार ठोक्तक

नवराज न्याैपाने माैन
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x