साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाई खाई विकास गरौँ !

प्रगति धेरै नभए पनि समृद्धिको नारा घन्कनु पर्छ खोले खाएर भए पनि विश्वमा हामी चम्कनु पर्छ जूठोलाई चोखो बनाउन यहाँ सुनपानीले छम्कनु पर्छ

Nepal Telecom ad

नवराज न्यौपाने ‘मौन’ :

देशको विकास त्यसै हुँदैन
देशभक्तिको चर्को नारा लाउनु पर्छ
चाहेको ठाउँमा पुग्नु छ भने
ठूलाबडाको निवास सारा धाउनु पर्छ
पाउमा लम्पसार परेर भए पनि
ठूलाबडाको भजन गाउनु पर्छ
ज्ञापनपत्र बुझाएर भन्नु पर्छ कि
मेरो पनि पालो आउनु पर्छ
मुखले बोलेर मात्र राजनीति हुँदैन
दह्रो हातले पार्टीको झन्डा समाउनु पर्छ
जनताको मन जितेर भए पनि
दशतिरको कोषबाट खाइखाइ कमाउनु पर्छ
बल प्रयोग गरेर भए पनि
विरोधी जति सबैलाई ठेगान लगाउनु पर्छ
अरुलाई जोगाउने मन छ भने
खाईखाई नै जोगाउनु पर्छ

गरीब बनेर राजनीति चलाउन सकिन्न
धनी बन्ने धुनमा धुन्धुकारी नै बन्नु पर्छ
नियम मिचेर गरेको काम सबै
नियम संगत नै छ भन्नु पर्छ
गुन लगाउन मन लाग्यो भने
आफ्नो गूटको मान्छे गन्नु पर्छ
सुन लगाउन मन लाग्यो भने
सुरक्षा निकायहरू छल्नु पर्छ ।

आफूखुशी गर्न नियम कानुनले रोक्यो भने
नीतिगत निणर्यमा पास गराइदिए हुन्छ
अख्तियारले आँखा लगायो भने
अधिकार काटेर तल झराइदिए हुन्छ
विपक्षीले त त्यसै विरोध गर्छन्
आफ्न पार्टीकाले मन पराइदिए हुन्छ
कार्यकर्ताहरुले किचकिच गर्न थाले भने
कुनै शीर्षकबाट माना चामल भराइदिए हुन्छ ।

कुनै कुरा मन परेन भने
उच्चारण गर्न छलिदिए हुन्छ
जनादेशको ढाड भाँचेर पनि
अध्यादेशले देश चलिदिए हुन्छ
कुनै धारा उपधाराले छेके भने
सोझै सीधै फड्किदिए हुन्छ
अरुले गल्ती गरे भने
भाषण ठोक्दै कड्किदिए हुन्छ

विरोधीले सम्मान नगरे पनि
आफ्नाले त गनिदिए हुन्छ
आफूलाई मन नपर्ने कुरा जति
‘त्यो पर्दैन’ भनिदिए हुन्छ
उखान टुक्का र गफहरु
पत्रकारले सुनिदिए हुन्छ
चुनावमा राम्रोलाई होइन
हाम्रोलाई चुनिदिए हुन्छ
जित्न र मिल्नको लागि
षड्यन्त्र बुनिदिए हुन्छ ।

प्रगति धेरै नभए पनि
समृद्धिको नारा घन्कनु पर्छ
खोले खाएर भए पनि
विश्वमा हामी चम्कनु पर्छ
जूठोलाई चोखो बनाउन यहाँ
सुनपानीले छम्कनु पर्छ
करै करको आम्दानीले भए पनि
विकासको पथमा लम्कनु पर्छ
विकासको पथमा लम्कनु पर्छ ।

०००
तनहुँ, हाल मातातीर्थ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पछुताे

पछुताे

नवराज न्याैपाने माैन
तपाईंको बाउको के जान्छ ?

तपाईंको बाउको के जान्छ...

नवराज न्याैपाने माैन
खाइ खाइ विकास गराैँ

खाइ खाइ विकास गराैँ

नवराज न्याैपाने माैन
साँच्चै हाे कि हैन साथी ?

साँच्चै हाे कि हैन...

नवराज न्याैपाने माैन
चार ठोक्तक

चार ठोक्तक

नवराज न्याैपाने माैन
आआफ्नै गन्थन

आआफ्नै गन्थन

नवराज न्याैपाने माैन
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x