साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पछुताे

'सुन केटीहरू ! सरले अहिलेसम्म बिहे गरेकाे रहेनछ । गाउँ कस्ताे भयाे, नानीहरू कत्रा भए भनेर हेर्न आएकाे रे ! तिमीहरू साेझाेलाई जिस्क्याउँछाै, उडाउँछाै । अनि बाठाेले तिमीहरूलाई फकाउँछ र छक्काउँछ पनि !'

Nepal Telecom ad

नवराज न्याैपाने ‘माैन’ :

‘याे गाउँलाई बिर्सन नसकेर हाम्राे इन्जिनियर सर फेरि आएछ ।’ घट्टमा पिठाे पिँध्न आएका दुइटी बुढी आइमाईहरू खासखुस गर्न थाले ।

‘हाे, आमा ! मलाई याे गाउँकाे औधी माया छ । मैले बनाएका गुम्बा,स्कुल, खानेपानी, पुल र बिजुली केकस्ता भए भनेर हेर्न अाएकाे हुँ ।’

‘गाउँका तरुनोहरूकाे याद त आउँदैन ? सरलाई जिस्काएर हैरान पार्थे नि!’ एउटीले हाँस्दै ठट्टा गरिन् ।

‘सीधासादा मान्छेलाई कसले पाे मन पराउँछ र ? मैले त अहिलेसम्म बिहे गरेकाे छैन ।’ मैले छाेटाे र सीधा जवाफ दिएँ ।

‘यहाँ त गाउँमा आएका मास्टर, कर्मचारी र पुलिसले कति केटीलाई पेट बाेकाएर भागे । अनि, विदेश गएका केटीले पनि उतैकाे मान्छेकाे पेट बाेकेर आएका छन् । यहाँ त बिना बाबुका सन्तान धेरै छन् । सर भने एउटाकाे बाबू हुन पनि जानेकाे रहेनछ ।’ दुवैजना मुख छाेपेर हाँस्न थाले ।

‘अनि, सम्देनकाे हालखबर के छ नि ?’मैले कुरा माेड्ने जमर्को गरेँ ।

‘म सम्देनकाे आमा हुँ । मैले इन्जिनियर सरसँग बिहे गर्छेस् त भनेर साेध्दा त्यस्ताे लाटाेसाेझाे मान्छेसँग पनि काेही बिहे गर्छ ? भनी । पछि पाेलियाे थाेपा खुवाउन आएकाे डाक्टरले पेट बाेकाएछ ।’

‘अनि, बिहे गरेन त ?’ मैले जिज्ञासा पाेखेँ ।
‘कहाँ बिहे गर्नु ? बच्चा मेराे हाे भन्ने के प्रमाण छ ? अरूकाे पनि हुन सक्छ भनेर पछि हट्याे । अनि, गाउँले भेला भएर पैतीस हजार तिर्न लगाए । अनि, सरुवा भएर अन्तै गयाे ।’

‘अचेल, के गर्छिन् त सम्देन ?’ मैले उत्सुकता पाेखेँ ।
‘अनि, छाेरी म हेर्छु, तँ विदेश जा भनेर कुवेत पठाएँ । कुवेत बस्दा चार वर्षमा जम्मा पचास हजार पठाई ।’
उनले दुखेसाे पाेखिन् ।

‘जम्मा त्यत्ति रकम ?’ मैले बीचैमा साेधेँ ।
‘कुवेतमा पनि एउटा पहाडे नेपाली केटासँग लभ परेछ । म बिहे गर्छु भनेर कमाइ उसैले राखेछ । काठमाडौं आएपछि मेरा श्रीमती र बालबच्चा छन् । म मेराे घर जान्छु, तँ तेराे घर जा भनेर जम्मा ३० हजार दिएछ ।’

‘पुलिसलाई उजुर गर्दा पनि प्रमाण नभएकाे भनेर केही गरेनछ । अनि, अब विदेश जान्न, यहीँ हाेटेल खाेलेर बस्छु भनेकी छ ।’ चुराेट तान्दै बुढीले भनिन् ।

यत्तिकैमा दाउरा लिन गएका सम्देन र अरू केटीहरू आइपुगे ।

‘सुन केटीहरू ! सरले अहिलेसम्म बिहे गरेकाे रहेनछ । गाउँ कस्ताे भयाे, नानीहरू कत्रा भए भनेर हेर्न आएकाे रे ! तिमीहरू साेझाेलाई जिस्क्याउँछाै, उडाउँछाै । अनि बाठाेले तिमीहरूलाई फकाउँछ र छक्काउँछ पनि !’ अर्की बुढीले पिठाे उठाउँदै भनिन् ।

सम्देन राेएपछि अरू सबै रून थाले ।

०००
थानकाेट, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तपाईंको बाउको के जान्छ ?

तपाईंको बाउको के जान्छ...

नवराज न्याैपाने माैन
खाइ खाइ विकास गराैँ

खाइ खाइ विकास गराैँ

नवराज न्याैपाने माैन
साँच्चै हाे कि हैन साथी ?

साँच्चै हाे कि हैन...

नवराज न्याैपाने माैन
खाई खाई विकास गरौँ !

खाई खाई विकास गरौँ...

नवराज न्याैपाने माैन
चार ठोक्तक

चार ठोक्तक

नवराज न्याैपाने माैन
आआफ्नै गन्थन

आआफ्नै गन्थन

नवराज न्याैपाने माैन
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x