साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईंको बाउको के जान्छ ?

हामीले त केवल पेल्ने हो, मनको तुष ठेल्ने हो, तपाईंको माग पूरा गरे हाम्रा सपना अधुरै रहन्छन्‌ मागभन्दा भाग ठूलो हो गए जाबो नैतिकता जान्छ, तपाईंको बाउको के जान्छ ?

Nepal Telecom ad

नवराज न्यौपाने ‘मौन’ :

ए, देशका कर्णधार हो !
जता काम मिल्छ,
त्यतै मुन्टिनुहोस्‌।
‘विप्रेषण’ ले देश चलिहाल्छ
‘आयत’ले चूलो बलिहाल्छ।
गए आत्मनिर्भरता जान्छ,
तपाईंको बाउको के जान्छ ?

ए, विज्ञ र वैज्ञानिकहरू हो !
तपाईंहरूको शीप र दक्षता
आफ्नै खल्तीमा राख्नुहोस्‌,
देश त मेरो भाषण र मेरो आदेशले पो बन्छ,
म त त्यही गर्छु जो मेरो ब्रह्मले भन्छ।
गए मूल्य र मान्यता जान्छ,
तपाईंको बाउको के जान्छ ?

ए, देशका कानुनविद्‌ हो !
तपाईंको राय सुझाव
आफ्नै दिमागमा राख्नुस्‌।
नियम कानुन त मैले बनाउने हो,
मैले हेर्ने हो, मैले फेर्ने हो,
विचौलियाको दानापानी खाएर
केही मेट्ने हो, केही समेट्ने हो।
गए जाबो नैतिकता जान्छ,
तपाईंको बाउको के जान्छ ?

ए देशका डाक्टहरू हो !
ए,देशका शिक्षकहरू हो !
आन्दोलन गर्नुस्‌ या नगर्नुस्‌,
हामीले त केवल पेल्ने हो,
मनको तुष ठेल्ने हो,
तपाईंको माग पूरा गरे
हाम्रा सपना अधुरै रहन्छन्‌
मागभन्दा भाग ठूलो हो
गए जाबो नैतिकता जान्छ,
तपाईंको बाउको के जान्छ ?

०००
मातातीर्थ, काठमाडाैं

Subscribe
Notify of
guest

6 Comments
Oldest
Newest Most Voted
युगल बसे ल
युगल बसे ल
1 year ago

मज्जाको धमाकेदार दनक

Navaraj Neupane
Navaraj Neupane
1 year ago

हार्दिक धन्यवाद सर !


तेज बहादुर गोदार
तेज बहादुर गोदार
1 year ago

कडा व्याङ्ग्य पो आयो त !
समय सापेक्ष छ ।
साधुवाद मित्र✍️

Navaraj Neupane
Navaraj Neupane
1 year ago

हार्दिक धन्यवाद सर !

विष्णु न्याैपाने
विष्णु न्याैपाने
1 year ago

सारै सुन्दर । व्यङ्यले भरिपूर्ण । बधाइ छ दाजु । यो कम्प्युटरले दीर्घ इ लेख्न जान्दैन । जति थिचे पनि ह्रस्व नै हुन्छ ।

Navaraj Neupane
Navaraj Neupane
1 year ago

Thank you!

Nepal Telecom ad
पछुताे

पछुताे

नवराज न्याैपाने माैन
खाइ खाइ विकास गराैँ

खाइ खाइ विकास गराैँ

नवराज न्याैपाने माैन
साँच्चै हाे कि हैन साथी ?

साँच्चै हाे कि हैन...

नवराज न्याैपाने माैन
खाई खाई विकास गरौँ !

खाई खाई विकास गरौँ...

नवराज न्याैपाने माैन
चार ठोक्तक

चार ठोक्तक

नवराज न्याैपाने माैन
आआफ्नै गन्थन

आआफ्नै गन्थन

नवराज न्याैपाने माैन
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
6
0
Would love your thoughts, please comment.x
()
x