साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भिख

"उसले पनि मागेर जहान पाल्छ हामीले पनि मागेर आफ्ना सन्तान् पाल्छौँ। फरक यत्ति छ उसले माग्ने भिख हो हामीले माग्ने चन्दा ।"- रमेश खिसिक्क हाँस्दै भन्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“भिखारी आउँन मनाही छ” – निरजले आफ्नो पार्टी आफिसको मूल ढोकामै यस्तो इस्तिहार लेखेर झुण्डायो।

“यो के झुण्डाएको दाइ यस्तो ?”- रमेशलाई कत्ति चित्त बुझेन र निदार चाउरी पार्दै सोध्यो।
“किन र भाइ ठिक लागेन ?”- निरजले जान्न खोज्यो।

“राजनैतिक पार्टीको अफिसमा यस्तो लेखेर टाङ्नु उचित हुँदैन मेरो बिचारमा।”- रमेशले आफूलाई लागेको कुरा बतायो।

“भिख माग्नेहरू दिनौँ वृद्धि हुनथाल्यो त्यसैले नियन्त्रण गर्नको लागि हो। तर भाइलाई किन नराम्रो लाग्यो ?”-

“हामीलाई सबै मानिस चाहिन्छ। भोट त भिखारीको पनि हुन्छ। साँचै भन्ने हो भने त्यो भोट पनि जगेडा भोट हो। निर्णायक मत हुनसक्छ। एउटा विषय त यही हो।”- रमेशले प्रष्ट पार्यो।

“ओहो मेरो दिमाख पनि अलि मोटो छ । यो कुरा त सोंचेकै थिएन मैले। अनि आर्को चाहिँ के होला नि भाइ ?”- निरजले गम्भीर हुँदै अर्को प्रश्न सोध्यो।
“त्यो भिखारी भन्नु पनि हाम्रै भाइ हो।”- रमेशले भन्यो।

“हो र ? तर कसरी हाम्रो भाइ ?
“उसले पनि मागेर जहान पाल्छ हामीले पनि मागेर आफ्ना सन्तान् पाल्छौँ। फरक यत्ति छ उसले माग्ने भिख हो हामीले माग्ने चन्दा ।”-
रमेश खिसिक्क हाँस्दै भन्यो।

तर अहिले निरजको अनुहार अँध्यारो थियो।

०००
घोराही १८, दाङ
१०-०१-२०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x