नवराज न्याैपाने माैनसाँच्चै हाे कि हैन साथी ?
बदमासीमा जाे अगाडि तर पनि उसैले ठूलै पद पायाे भन्छन्, साँच्चै हाे कि हैन साथी ?

नवराज न्याैपाने ‘माैन’ :
प्रजातन्त्र आयाे भन्छन्, साँच्चै हाे कि हैन साथी ?
खुशीयाली छायाे भन्छन्, साँच्चै हाे कि हैन साथी ?
सर्वस्व नै दिन्छु भनी भाषण गर्ने नेताले
धेरै धेरै खायाे भन्छन्, साँच्चै हाे कि हैन साथी ?
सीधासादा घरमै बसे तर छट्टू कान्छाे भने
मन्त्री बन्न धायाे भन्छन्, साँच्चै हाे कि हैन साथी ?
बदमासीमा जाे अगाडि तर पनि उसैले
ठूलै पद पायाे भन्छन्, साँच्चै हाे कि हैन साथी ?
बहर दाउन नसकेर रल्लिएकाे मान्छेले
बाघलाई दायाे भन्छन्, साँच्चै हाे कि हैन साथी ?
०००
मातातीर्थ, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































