साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो जीवनी बन्जर (६)

हिँड्ने छैन उँधोउँभो र भरिया सारा हराए गए सारा भो सुनसान लेक वनमा, बेँसी नजाने भए कोही देशविदेशका सहरमा कोही तराई झरे पाखापर्वत हेर्दछन् अब सबै बिर्सेर खाली गरे ।

Nepal Telecom ad

हेम अधिकारी :

गाई गोठ छ खालि छैन दुधको थोपो, छ रित्तै कुँडे
हाम्रो शक्ति रहेन खेत अब लौ बारी सबै बाँझिए ।
धारा साउनका झरीसरि भई आँसु झरे धर्धरी
प्यारो यो घरनै उजाड अब भो काम्छौँ सधैँ थर्थरी ॥

जेठो भो निठुरी बधू छ कपटी मातापिता बिर्सिए
कान्छो दुष्ट स्वभावको छ निठुरी झन् त्रास बढ्दै गए ।
कान्छो गर्भ तुहेसरी हुन गयो भो आज सातो लिने ।
छोरा छन् तर आस छैन अबता त्यो दागबत्ती दिने ॥

छोरामात्र भनेर आज दुनयाँ अन्धो भएको छ है
छोरी मास्न भनेर लाग्छ यसरी बाटो बिरायो ल है
के के बन्छ विधान मातृदलनै निर्वाध मासिन्छ नि
आफ्नो आगतले अनागत सबै के गर्छ के गर्छ नि ॥

बाँच्ने आस नि छैन छैन अब ता आँखा धमिला भए
आधा होस छ अंग अंग गलिए बोली नबुझ्ने भए
हाम्रो गाउँ सधैँ सधैँ रमिरहोस् सोखी छिमेकी हुनू
हाम्रा लास पवित्र शुद्ध मनले सद्गत् लगी गर्दिनू ॥

हिँड्ने छैन उँधोउँभो र भरिया सारा हराए गए
सारा भो सुनसान लेक वनमा, बेँसी नजाने भए
कोही देशविदेशका सहरमा कोही तराई झरे
पाखापर्वत हेर्दछन् अब सबै बिर्सेर खाली गरे ।
क्रमशः

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धनमहिमा

धनमहिमा

हेम अधिकारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x