साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोक माफिया

आफन्त, परिवार एवं अबुझ साक्षीहरूले नीलो मुख लगाउँदै भने । - यो माफियालाई मान्छेको रगतले पनि नपुगेर आँखा, मुटु र किड्‌नी पनि नछोड्‌ने भयो ।'

Nepal Telecom ad

डा. विदुर चालिसे :

निरापराध कैदी बनेको लल्लनको सजाय भुक्तान हुने अघिल्लो दिन तथ्य प्रमाणको साक्षी नष्ट गर्न उसमाथि षड्यन्त्र भइरहेको थियो । कसैले कसैको हत्या गरेको एउटा जीवित साक्षी, मात्रै ऊ थियो । यसैबीच माथिबाट जेलरलाई आदेश आयो ।
– करेन्ट लगाइदे त्यसलाई !
– हजुर एकचोटि होइन, दुईचोटि लगाइसकें ।
– त्यसो भए हिटरमा पिसाब फेर भन्, आफै सकिन्छ ।

क्रुर जेलरलाई माथिको यस्तो आदेशले साथै निकै थर्कमान बनायो । अपराधीको फोन उसलाई थप अनुरोध सहित आयो ।
– जसरी हुन्छ, सकाएर अस्पताल पठाइदिनू, बाँकी हिसाबकिताब उतै मिल्छ !

अपराधको उन्मत्त आँखाका साथ लल्लनको प्राण एक निमेषसँगै स्याँगीले खतम गरिदियो । घाँटीको नसा छिनाएपछि हत्त न पत्त उसले अस्पतालतिर उच्च कोरोना भाइरसको जोखिमको निहुँमा आइसियुमा पुऱ्याइयो । आइसियु कक्षको शक्तिशाली माफियाछेउ डिउटीको डाक्टरलाई उसको मालिकले फोन गर्यो ।
– अन्नदाता प्रभु, जेलरले पठाएको बिरामीको इलाज, हजुर !”
– म हेर्दै छु । कोशिस जारी छ ।”

– यसपालि त त्यो किड्नीले मात्रै पुग्दैन । आँखाको पनि खूब माग छ हजुर, बजारमा ।”
– उमम् भाउ मिल्छ ?
– ओहो हजुर, आँखाको त भाउ चर्को छ हजुर, पार्ट पार्टमा पैसा छ ।
-के के को मिल्छ भाउ ।
-आँखाको लेन्स, रेटिनाको जाली अनि आँखाको सेपमा छ नि हजुर ।

त्यसपछि मान्छेको भोकले ग्रस्त डाक्टरले आइसियुको कोरोनायुक्त कैदीलाई मृत घोषणा गरिदिए । उसलाई आइसीयुबाट मुर्दा घरसम्म पुर्याउन कोरोना प्रोटेक्टर पहिरनमै आफै अगाडि लागेर आइसीयुबाट बरफमा लगेर राखे । त्यस बरफ वार्डमा अर्को खहरिएको भोको कुरुवा थियो। उसले केही लेनदेनको मिलोमतोमा मृतक लल्लनको दुवै आँखा र किड्‌नी सुरक्षित गरेर मुर्दाघरको बरफमा लुकाएर राख्यो । समय मिलेपछि बिक्रीबाट भोक भौंतारिएका माफियाहरूको आत्मा तृप्त भयो । केही दिनपछि आफन्तहरूले लास बुझ्ने बेलामा प्रश्न उठाए ।
– भाइरसले आँखा र किड्नी पनि खान्छ ?

सर्जमिन मुचुल्का लेखिसकेर लेखनदासले पढिरहेका थिए । उसको आँखा र मुख फरकफरक कोणमा दौडिरहेको थियो ।

– मृतकको आँखा र किड्नी चोर्ने काम माफिया छुचुन्द्रो तथा मुसाले गरेको पत्ता लाग्यो ।

आफन्त, परिवार एवं अबुझ साक्षीहरूले नीलो मुख लगाउँदै भने ।
– यो माफियालाई मान्छेको रगतले पनि नपुगेर आँखा, मुटु र किड्‌नी पनि नछोड्‌ने भयो ।’

एउटा पागल धेरै वर्षदेखि अस्पतालको व्यभिचारको सिकार बनेर घुमिरहेको थियो । ऊ बेलाबेला बर्बराएको सुनिन्थ्यो ।
– माफियाहरू पशु हुन् । उनमा न दया, न इज्जत, न मानवीयता, पैसाका सपनाका स्वार्थीहरू।

मेरो अगाडि नारा लगाइरहेका सबै मान्छेहरू छेउमा आएर भने ।
लौन, तपाईं पनि कराउनुस् ।

०००
लघुकथालय (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x