साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोक माफिया

आफन्त, परिवार एवं अबुझ साक्षीहरूले नीलो मुख लगाउँदै भने । - यो माफियालाई मान्छेको रगतले पनि नपुगेर आँखा, मुटु र किड्‌नी पनि नछोड्‌ने भयो ।'

Nepal Telecom ad

डा. विदुर चालिसे :

निरापराध कैदी बनेको लल्लनको सजाय भुक्तान हुने अघिल्लो दिन तथ्य प्रमाणको साक्षी नष्ट गर्न उसमाथि षड्यन्त्र भइरहेको थियो । कसैले कसैको हत्या गरेको एउटा जीवित साक्षी, मात्रै ऊ थियो । यसैबीच माथिबाट जेलरलाई आदेश आयो ।
– करेन्ट लगाइदे त्यसलाई !
– हजुर एकचोटि होइन, दुईचोटि लगाइसकें ।
– त्यसो भए हिटरमा पिसाब फेर भन्, आफै सकिन्छ ।

क्रुर जेलरलाई माथिको यस्तो आदेशले साथै निकै थर्कमान बनायो । अपराधीको फोन उसलाई थप अनुरोध सहित आयो ।
– जसरी हुन्छ, सकाएर अस्पताल पठाइदिनू, बाँकी हिसाबकिताब उतै मिल्छ !

अपराधको उन्मत्त आँखाका साथ लल्लनको प्राण एक निमेषसँगै स्याँगीले खतम गरिदियो । घाँटीको नसा छिनाएपछि हत्त न पत्त उसले अस्पतालतिर उच्च कोरोना भाइरसको जोखिमको निहुँमा आइसियुमा पुऱ्याइयो । आइसियु कक्षको शक्तिशाली माफियाछेउ डिउटीको डाक्टरलाई उसको मालिकले फोन गर्यो ।
– अन्नदाता प्रभु, जेलरले पठाएको बिरामीको इलाज, हजुर !”
– म हेर्दै छु । कोशिस जारी छ ।”

– यसपालि त त्यो किड्नीले मात्रै पुग्दैन । आँखाको पनि खूब माग छ हजुर, बजारमा ।”
– उमम् भाउ मिल्छ ?
– ओहो हजुर, आँखाको त भाउ चर्को छ हजुर, पार्ट पार्टमा पैसा छ ।
-के के को मिल्छ भाउ ।
-आँखाको लेन्स, रेटिनाको जाली अनि आँखाको सेपमा छ नि हजुर ।

त्यसपछि मान्छेको भोकले ग्रस्त डाक्टरले आइसियुको कोरोनायुक्त कैदीलाई मृत घोषणा गरिदिए । उसलाई आइसीयुबाट मुर्दा घरसम्म पुर्याउन कोरोना प्रोटेक्टर पहिरनमै आफै अगाडि लागेर आइसीयुबाट बरफमा लगेर राखे । त्यस बरफ वार्डमा अर्को खहरिएको भोको कुरुवा थियो। उसले केही लेनदेनको मिलोमतोमा मृतक लल्लनको दुवै आँखा र किड्‌नी सुरक्षित गरेर मुर्दाघरको बरफमा लुकाएर राख्यो । समय मिलेपछि बिक्रीबाट भोक भौंतारिएका माफियाहरूको आत्मा तृप्त भयो । केही दिनपछि आफन्तहरूले लास बुझ्ने बेलामा प्रश्न उठाए ।
– भाइरसले आँखा र किड्नी पनि खान्छ ?

सर्जमिन मुचुल्का लेखिसकेर लेखनदासले पढिरहेका थिए । उसको आँखा र मुख फरकफरक कोणमा दौडिरहेको थियो ।

– मृतकको आँखा र किड्नी चोर्ने काम माफिया छुचुन्द्रो तथा मुसाले गरेको पत्ता लाग्यो ।

आफन्त, परिवार एवं अबुझ साक्षीहरूले नीलो मुख लगाउँदै भने ।
– यो माफियालाई मान्छेको रगतले पनि नपुगेर आँखा, मुटु र किड्‌नी पनि नछोड्‌ने भयो ।’

एउटा पागल धेरै वर्षदेखि अस्पतालको व्यभिचारको सिकार बनेर घुमिरहेको थियो । ऊ बेलाबेला बर्बराएको सुनिन्थ्यो ।
– माफियाहरू पशु हुन् । उनमा न दया, न इज्जत, न मानवीयता, पैसाका सपनाका स्वार्थीहरू।

मेरो अगाडि नारा लगाइरहेका सबै मान्छेहरू छेउमा आएर भने ।
लौन, तपाईं पनि कराउनुस् ।

०००
लघुकथालय (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x