सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेता कान

मेहनत कसले गर्ने आजकल नेता हुनुपर्छ सम्मान पनि पाइन्छ, खाँदा माला सँगसँगै ब्याक डुअरबाट लक्ष्मी पनि । नेताको काम त अलिकति भुक्नु मात्रै हो । यस्तो काम नेताकै मात्र हो भन्ने कुरा स्पष्टै बुझिसकेका छन् अहिलेका नानीहरूले ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

मैले मात्रै होइन संसारका सम्पूर्णले ईश्वरलाई मुरीमुरी धन्यवाद दिनैपर्छ, ईश्वरप्रति कृतज्ञता प्रकट गर्नै पर्छ । कारण यिनै ईश्वरले बडो योजनाबद्ध अनि वैज्ञानिक तरिकाले कानलाई सटिक जग्गामा स्थान दिएका छन् । यो कान सटिक ठाउँमा नभएर निधारमा भएको भए कस्तो देखिन्थ्यो होला तपाईंं र मलाई… एकक्षण सोच्नुहोस् ।

तपाईं वा मेरो कान छातीतिर टाँसिदिएका भए अचम्म मात्रै होइन गज्जबै हुने थियो । अचम्म र गज्जबै मात्र होइन संसारको आठौँ आश्चर्य हुने थियो । साँच्चै तपाईं वा मेरो कान नभएको भए तपाईं र मलाई देखिन्थ्यो होला सोंच्नुहोस् त एकपल्ट ।

कसैको कान हुन्छ तर सुन्न भने सक्दैन । त्यस्तै मेरो गाउँमा पनि छन् त्यस्ता कान नसुन्ने मेरै छिमेकी बहिनी । तर केटा मान्छे देख्यो कि दश फुट माथि उफ्रिएर झम्टनुमा उसलाई कसैले भेट्दैन । धन्न ! आँखा चैँ भगवानले ठिकै दिएछन् । त्यही आँखाको इशाराले नै आफ्नो काम बनाउँछिन् हाम्री गाउँकी सुन्दरी बहिनी ।

मान्छे हेर्दा ठिकठाकै छिन् तर मलाई चैँ उसलाई देख्दै एलर्जी भएर आउँछ । अस्ति भर्खरै एउटा बिहेको जन्तीमा आएका दुइजना युवकले पछि पछि लागेर हत्तु हैरान नै बनायो विचरालाई । अनुहार हेर्दा राम्री छिन् तर ती युवकरूलाई के थाहा बैनीको एन्टिनाले काम गर्दैन भन्ने । बिहे सकिएर बेहुली अन्भाएपछि घर फर्किँदै गर्दा मलाई बैनीले सुटुक्कै भनिन्, दिदी ! अस्ति जन्ती आउने दुई युवकहरूलाई पट्टाएर आएँ । म छक्कै परेँ । हन यो कानले पनि के के सुन्नुपर्छ हौ भन्ने कुरा मनमनै सोँचेँ । तर ती सुन्दरी बैनीलाई केही भनिनँ । ती युवकहरूलाई फोन नम्बर दिएर आइछ मोरीले । अब कसरी बात गर्छिन् होला भन्ने कुराले मलाई पो पीर पर्‍यो । तर ती मोरी चङ्ख भएर फोनमा बात मार्दिन रहेछ । मात्रै भिडियो कलमा बोलेकीजस्तै मात्र गर्दिरहिछ । फोनमा बोली भने त पोल खोलिन्छ भनेर नै सायद उनले भिडियो कल रोजेकी होला भन्ने लाग्यो तर यसबारेमा म केही बोलिनँ ।

आँखा र मुख चै धन्न ठिकै छन् र मात्रै नभए के हुने थियो दैव नै जानुन् । फेरि अझैँ कान पनि राम्रै भए त यिनले संसार नै फाँड्ने थिई होली भन्ने पनि लाग्यो । बल्ल बीएफ त बनाई नि, डेटिङमा जाँदा पनि एसिस्टेन्ट लिएर जानुपर्छ । तर पनि जानू चै छोड्दिन । पल्लो गाउँको धने ढुक्कै उनीसँगै हिँड्छ तलब नै पो दिएर राखेकी छे कि भगवान जानून् ।

सोच्नुहोस् त निरक्षर सासू ससुरा भएका ठाउँमा यस्तो बुहारी परिन् भने कसरी बातचित, सर सल्लाह गर्ने । पढेलेखेका सासू ससुरा छन् भने त घरमा एउटा ब्ल्याक बोर्ड राखेर चकले लेखी बुझाउनु सकिन्छ । निरक्षरलाई त गाह्रै पर्छ । यसकारण भगवानले दुश्मनलाई पनि यस्तो अधकल्चो नछोड्दिउन् भन्छु म त ।

मेरो याे व्यङ्ग्य कान नसुन्ने बहिनी त बहाना मात्रै हो, कसैलाई पेच पार्ने उद्देश्यमा यो व्यङ्ग्य लेखिएको होइन । हाम्रो पहाडको नेता मात्रै होइन राजनीति पनि ती कान नसुन्ने बहिनी जस्तै भएको छ । अहिले हाम्रो पहाडको राजनीति पनि यस्तै भएको छ । पहिला भुक्ने बेलामा दुनियाँको आशा देखाएर भुक्नुसम्म भुक्यो अहिले दिने बेला आउँदा जनताहरूले रोई कराई गरेर नेताहरूलाई गोहार माँग्दा सबै ती भुक्नेहरू नेताहरू कानमा तेल हालेर नसुने झैँ गरेर बसेका छन् जनताले भिख त मागेको होइन नि आफ्नो जन्मसिद्ध अधिकार आफूले मतदान गरेर जिताएर प्रतिनिधि बनाएको मान्छेलाई नमागेर कसलाई माग्नु कसलाई हाय गोहार गर्नु ?

हाम्राहरू पनि त त्यस्तै छन् नि एक पल्टमा चेतिँदैनन् फेरि अर्कोपल्ट एउटा नयाँ नेता आएर दुई तीन घण्टा भुकेर जान्छन् फेरि त उम्लिएर केही राख्दैनौँ हामी । कपाल खौरिएएर नेता सँगसँगै छमछमी सन्तान नै बिर्सिएर नाँचेर केही राख्दैनन् । खै, हाम्रा मान्छेहरूको बुद्धि विवेक कहिले पलाउने होला ? यस्तै भइरह्यो भने हाम्रा नानीहरूको भविष्य के होला ? अब त भयो है दिदी बहिनी दाजु भाइहरू अब नउफ्र जुनै जोगी आए पनि कानै चिरिएको मात्रै । अब चैँ बुझ्ने बेला हो । आँखा खुल्ला राख, कान चङ्खो राख । हाम्रो राजनिति बाँदरको पुच्छर जस्तो लौरौ न हतियार भएको कारण पनि यै हो । राजनीतिज्ञ जोइटिङ्ग्रे नेताहरू भुक्नु छोड्दैनन् तर हामीहरू भने नेतासँग नाँच्नु छोड्दैनौ ।

कानमा तेल हालेर मात्रै होइन कान नसुन्ने बहिरो भइसकेका नेताहरूलाई अब भुक्ने मौका दिनु हुन्न भन्ने मेरो मूर्ख विचार छ । अब कानमा तेल हालेर बसेका वा सुनेर पनि कान नसुन्ने भएको समाजले पनि कानमा हियरिङ मेसिन जबरजस्ती खाँदैर पनि सुन्ने समय आएको । भन्नु उसो होइन हाम्रो कान पनि मेरै गाउँकी कान नसुन्ने बहिनी जस्तै भएको छ । मलाई लाग्छ हाम्रा नेता सँगसँगै हामी स्वयम् पनि कानमा कपास खाँदेर नेताकै पछि कुदिरहेका छौँ ।

अब समय आको छ हामी जनताहरू कानठाडो पारेर, आँखालाई झक्झकाएर जुर्मुराउने समय आएको छ । टेक्ने ठाउँ र समात्ने हाँगा नपाएर बिल्लिबाँठ परेका हामी अभागी निमुख जनता जनार्दनको अँध्यारो भविष्यको निम्ति नयाँ उज्यालो ल्याउँनै पर्छ भन्ने कुरामा सबैलाई हुटहुटि लाग्नै पर्ने समय आएको छ ।

होइन भने चैँ भविष्यमा तपाईंका मेरा छोराछोरीले पनि ती बहिनीले जस्तै एसिसटेन्ट लिएर हिँड्ने दिन आउँछ ठिक हाम्रा नेताहरूले हिजोआज एसिसटेण्ट लिएर हिँडे झैँ । किनभने पढाइमा भन्दा मान्छेलाई ढाँटेर हिँड्नुमा फाइदादेखि सकेका छन् हाम्रा नानीहरूले । डाक्टर इन्जिनियर बन्नुलाई मेहनत गर्नुपर्छ । त्यस्तो मेहनत कसले गर्ने आजकल नेता हुनुपर्छ सम्मान पनि पाइन्छ, खाँदा माला सँगसँगै ब्याक डुअरबाट लक्ष्मी पनि । नेताको काम त अलिकति भुक्नु मात्रै हो । यस्तो काम नेताकै मात्र हो भन्ने कुरा स्पष्टै बुझिसकेका छन् अहिलेका नानीहरूले । यस्तै भइरह्यो भने अब हाम्रा छोराछोरी नेतादेखि उप्रान्त केही बन्दैनन् । भविष्य सोचेर डर लाग्छ मलाई । तपाईंहरू पनि आजैदेखि डराउनु होस् नत्र हाम्रो नानीहरूको भविष्य अँध्यारो छ ।

०००
सिलगढी (भारत)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लाइन

लाइन

नगिता लेप्चा राई
मुड

मुड

नगिता लेप्चा राई
ब्याकबाइटिङ् क्विन

ब्याकबाइटिङ् क्विन

नगिता लेप्चा राई
आफ्नो डम्फु आफै बजाउन थालेँ है

आफ्नो डम्फु आफै बजाउन...

नगिता लेप्चा राई
झिल्के पण्डित

झिल्के पण्डित

नगिता लेप्चा राई
(बी)३ = बी क्यूब बडा

(बी)३ = बी क्यूब...

नगिता लेप्चा राई