साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘बा’ काव्यांश -१७

बाबा चिन्मयद्वार चेतनकला टाढा भएका दिन । रित्तो लाग्दछ यो चराचर धरा को सक्छ खै थिग्रिन ? भत्कन्छन् सुखशान्ति चेतभरका आक्रान्त पार्छन् मन । बाबा दिव्य विचारकेन्द्र घरका उम्दा धराका धन ॥

Nepal Telecom ad

दीनानाथ पोखरेल :

बाँचेको पथ योग्य हो पर भनोस् आनन्द बर्साउँछ ।
बाँचेको गति शून्यझैँ यदि भए यो जन्म बेकार छ ॥
आफ्ना कर्म खुलेर टिप्छ परले त्यो कर्म नै योग्य हो ।
आफ्ना कर्मविषे फलोस् फल लिनू त्यो प्राप्ति नै भोग्य हो ॥१४५॥

बाङ्गो मार्ग हुँदैन हिँड्न कहिल्यै यो दर्द जन्माउँछ ।
सोझो सत्य हिँडे लडिन्न कहिल्यै यो मान चम्काउँछ ॥
अर्काका बलको टिपेर जहिल्यै खाने लिने कर्मले ।
दुख्छन् दर्द लिएर जीवनहरू छाडेर सद्धर्मले ॥१४६॥

अर्काको कुभलो नसोच्नु मनले या कामले बातले ।
यै हो पाप बडो अकृत्य छ बुझेस् त्याग्दैन सायुज्यले ॥
उम्दा हुन् सब कर्म यो अवनिका सानो नठानेस् कुनै ।
राम्रा छन् मन भावना खुद लिए उल्लास भर्छन् जुनै ॥१४७॥

खेती उत्तम नोकरी तल छ है वेपार हो मध्यम ।
बाबाले अघि भन्दथे हित छ यो गर्ने गरेस् यो गम ॥
गाईवस्तु त गोठमा जति रहून् यो हुन्न स्थायी धन ।
मर्दा शून्य बनेर दुख्दछ हियो राखेस् यही चेतमा ॥१४८॥

आस्थावान् नहुँदा सबै मनुजले सङ्कष्ट झेल्छन् तर ।
आस्था यो विपरीत भो यदि भने पाइन्न आफ्नै भर ॥
आस्था सत्य र न्यायको पथ हिँडोस् बन्छन् सबै निर्मल ।
उल्टो मार्ग हिँडे असत्य पथको मान्नेछ मान्छे खल ॥१४९॥

चल्छन् द्वन्द्व अनेक यो भुवनमा जो सत्य त्यै टिक्दछ ।
निभ्दो दीपसमान झूट कसिने फुर्ती वृथा झिक्दछ ॥
लड्छन् अन्तिममा सबै शठहरू उठ्नै नसक्ने गरी ।
हेक्का राख्नु सधैँ सुकर्म पथको भाग्दैन हाँसो डरी ॥१५०॥

थोरै होस् फल सौख्य भर्छ श्रमको यो ज्ञान साँचेस् सदा ।
सित्तैको फल टोक्छ चेत बहुतै थाक्नेछ मान्छे रुँदा ॥
जो आफ्नो श्रमबाट भाग्दछ सधैँ पर्नेछ आफैँ रुन ।
आफ्नै हो श्रम प्राप्तिको पथ बुझे पुग्नेछ तारा छुन ॥१५१॥

यस्ता छन् उपदेश दिव्य उनका पक्रे उँभो लाग्दछु ।
त्याग्दा यी उपदेश भव्य हितका सङ्कष्टमा पाक्दछु ॥
छोराले खुद पढ्नुपर्छ युगका सत्कर्म पैल्याउन ।
छोरीले अझ पढ्नुपर्छ पदमा टेकेर अर्थ्याउन ॥१५२॥

बाबा चिन्मयद्वार चेतनकला टाढा भएका दिन ।
रित्तो लाग्दछ यो चराचर धरा को सक्छ खै थिग्रिन ?
भत्कन्छन् सुखशान्ति चेतभरका आक्रान्त पार्छन् मन ।
बाबा दिव्य विचारकेन्द्र घरका उम्दा धराका धन ॥१५३॥

बाबा ब्रह्म विकास स्रोत नरका बाबा कला पारखी ।
जानी मानवले निरन्तर गरोस् सम्मानले आरती ॥
मेरा सन्तति ज्ञानका डगरका आशा बनून् चम्किला ।
आफ्ना सन्तति कर्म पारख बनी हुन् विश्वमा बान्किला ॥१५४॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x