साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अशुभ काम ना

चाडपर्वको दिन एकाबिहानै कागले कराएको सुनेर दुई चार मानिस आए र गुलेली तानेर कागलाई भगाए । मानिसलाई लाग्यो - कागले अशुभ बोलिरहेको छ ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

झट्ट हेर्दा उस्तै लाग्ने काग र कौवा एकै जातिका दुई प्रजाति हुन् । मानिसलाई जस्तै यिनीहरूलाई पनि आफ्नो जातिमाथि घमण्ड छ । दुवै आफूलाई ठूलो ठान्छन् र आफ्नै बुद्धिले तर्क छान्छन् ।

एक जोडी काग र एक जोडी कौवाले एउटै रुखमा गुँड लगाए । एकअर्काको छिमेकी भएपछि रिस गर्नु स्वाभाविक हो । देखावटी मेल तर भित्रभित्रै झेल गरेर घरमा हुँदा एकले अर्को परिवारलाई सम्मान र बाहिर अरुसित भए नभएको सबै आलोचना सुनाउँथे । आफ्नो इज्जत ठूलो र उसको इज्जत लुलो देखाउने अभियानमा कोही कम थिएनन् ।

अन्डा पार्ने बेला आयो । कौवाले आफ्नी दुलहीलाई घिउ र नारियल पानी दिन थाल्यो । छोरा गोरा र छोरी गोरी पाउने लालसाले । छिमेकी कागले पनि त्यहीँ गर्न थाल्यो ।

एक दिन बिहान कुनै ठूलो पर्वको दिन थियो । कागले भन्यो – ए कौवा, तिमीलाई विशेष शुभकामना । अनि मनमनै कामना गर्‍यो – कुनै काम शुभ नहोस् ।
कागको शुभकामना थाप्दै कौवाले बोल्यो – अशुभ काम ना ।
के भनिस् ? – कागले जोरले करायो ।

कौवाले विस्तारै डराएको जस्तो बोल्यो – आजको दिन कुनै अशुभ काम नहोस्, अशुभ काम ना ।
मैले तिमीलाई शुभ भन्ने तर तिमीले मलाई अशुभको कामना गर्ने ?- अझ कर्कश स्वरमा करायो बलियो छिमेकी मानिसले कमजोरलाई हप्काएजस्तै ।

चाडपर्वको दिन एकाबिहानै कागले कराएको सुनेर दुई चार मानिस आए र गुलेली तानेर कागलाई भगाए । मानिसलाई लाग्यो – कागले अशुभ बोलिरहेको छ ।
भनिन्छ, त्यसै दिनदेखि मानिसले कागको बोली मन पराउँदैन । कौवाको बोलीलाई शुभ मान्दछ ।

०००
२१ माघ २०८०
मित्रनगर, गरुडा ४, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x