साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आगो लगाऊँ

नेता टेढा खलजन सबै साँध सीमा लुटाए हत्यारा जो अधम नर हुन् जेलबाटै छुटाए द्रोही घाती जन जति सबै देशबाटै भगाऊँ भ्रष्टाचारी जन जति चुनी लाग्छ आगो लगाऊँ ।

Nepal Telecom ad

प्रेमदत्त कलौनी :

नातागोता सकल घरका भागवण्डा दिलाए
खोले पार्टी घर घर खुबै चोर डाका मिलाए
जागौँ सारा जन सब जुटी रक्त धारा बगाऊँ
भ्रष्टाचारी जन जति चुनी लाग्छ आगो लगाऊँ ।१

खाए आफैँ सुन नुन सबै देश बर्बाद पारे
हल्ला मात्रै दिनदिन गरे काम सारा बिगारे
मेचीकाली सबजन मिली देश आफ्नो सजाऊँ
भ्रष्टाचारी जन जति चुनी लाग्छ आगो लगाऊँ ।२

सोझासाझा युवकयुवती कामका निम्ति भन्दै
टाढा लागे परमुलुकमा दुःखका साथ भिड्दै
पोखौं याँही रगतपसिना दुष्ट लाई भगाऊँ
भ्रष्टाचारी जन जति सबै लाग्छ आगो लगाऊँ ।३

नेता टेढा खलजन सबै साँध सीमा लुटाए
हत्यारा जो अधम नर हुन् जेलबाटै छुटाए
द्रोही घाती जन जति सबै देशबाटै भगाऊँ
भ्रष्टाचारी जन जति चुनी लाग्छ आगो लगाऊँ ।४

सत्ताधारी दल इतरका एक हुन्छन् जुटेर
बेचे सारा जल जमिन यो देश खान्छन् लुटेर
साझा धर्ती मनगमजमा प्रेम धारा बगाऊँ
भ्रष्टाचारी जन जति चुनी लाग्छ आगो लगाऊँ ।५

०००
महेन्द्रनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चमचासन

चमचासन

प्रेमदत्त कलाैनी
गुट

गुट

प्रेमदत्त कलाैनी
खाटा नलाऔँ अब

खाटा नलाऔँ अब

प्रेमदत्त कलाैनी
दलदास

दलदास

प्रेमदत्त कलाैनी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x