साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दलदास

हत्या र हिंसा खुब राज गर्छन् । विकास छोडेर विनाश गर्छन् ॥ तयार पार्छन् घर खेत ढोका । दिन्छन् अचम्मै दलदास धोका ॥

Nepal Telecom ad

प्रेमदत्त कलौनी :

नेता हरामी ठगठाग गर्छन् ।
पैसा छ ठूलो सब देश बेच्छन् ॥
छन् वेदनाका अति उच्च पोका ।
दिन्छन् अचम्मै दलदास धोका ॥१

गुलाम पारे यिनले त देश ।
युवा यहाँका जति छन् विदेश ॥
बग्दैछ उल्टो किन आज कोका ।
दिन्छन् अचम्मै दलदास धोका ॥२

वास्ता नगर्ने सरकार कस्तो ।
दिदैछ नारा पनि आज सस्तो ॥
खोल्दैन उद्योग रहेछ बोका ।
दिन्छन् अचम्मै दलदास धोका ॥३

हत्या र हिंसा खुब राज गर्छन् ।
विकास छोडेर विनाश गर्छन् ॥
तयार पार्छन् घर खेत ढोका ।
दिन्छन् अचम्मै दलदास धोका ॥४

शिक्षा बिगार्ने पथभ्रष्ट जाली ।
ठूला कुरा छन् मनको छ जाली ॥
लुटेर खान्छन् सबथोक भोका ।
दिन्छन् अचम्मै दलदास धोका ॥ ५

०००
कञ्चनपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चमचासन

चमचासन

प्रेमदत्त कलाैनी
गुट

गुट

प्रेमदत्त कलाैनी
खाटा नलाऔँ अब

खाटा नलाऔँ अब

प्रेमदत्त कलाैनी
आगो लगाऊँ

आगो लगाऊँ

प्रेमदत्त कलाैनी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
0
Would love your thoughts, please comment.x
()
x