साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाटा नलाऔँ अब

हत्याकाण्ड भएर मत्थर भए पत्ता नलाग्ने भए राजाको पनि वंशनाश हुनमा शंका अनेकौँ थिए गर्छौं देश विकास तीब्र गातिले भन्दै बडा गर्जिए ल्यायौं यो गणतन्त्र नागरिकको इच्छा भनी गर्जिए ।

Nepal Telecom ad

प्रेमदत्त कलौनी :

राणा शासन त्यो भएन गतिलो भन्दै सबै कुर्लिए
तातो रक्त दिए यहाँ सहिदले मान्छे सबै उर्लिए
फाले शासन त्यो मिलेर सबले आयो प्रजातन्त्र यो
आफैंमा झगडा गरेर दलले ढल्दो भयो तन्त्र त्यो ।

आयो तन्त्र नयाँ यसै मुलुकमा पञ्चायती नामले
नारा मात्र थिए विकास पथका खोक्रा थिए कामले
राजाको अधिकार सीमित भयो चर्केर आन्दोलन
नौला बन्न गए विधान ननिका नौला बने कानुन ।

गर्थे शासन मोजले दलहरू आफन्त पोस्दै गए
ठूला उद्यम जो थिए मुलुकका सम्पूणर् बेच्दै गए
भ्रष्टाचार गरि बसे महलमा यो देश लुट्दै रहे
सोझा सज्जन टिक्दथे कति यहाँ अन्यत्र भाग्दै गए ।

हत्याकाण्ड भएर मत्थर भए पत्ता नलाग्ने भए
राजाको पनि वंशनाश हुनमा शंका अनेकौँ थिए
गर्छौं देश विकास तीब्र गातिले भन्दै बडा गर्जिए
ल्यायौं यो गणतन्त्र नागरिकको इच्छा भनी गर्जिए ।

छाडा छन् युवती यहाँ दिनदिनै उन्माद बढ्दै गयो
तन्नेरी जति छन् विदेशतिर गै यो भूमि बाँझो भयो
हाहाकार बढेर यो मुलुकमा के दीन टिक्लान् अब
आमाको तन यो चिरेर गहिरो खाटा नलाऔँ अब ।

०००
कञ्चनपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चमचासन

चमचासन

प्रेमदत्त कलाैनी
गुट

गुट

प्रेमदत्त कलाैनी
आगो लगाऊँ

आगो लगाऊँ

प्रेमदत्त कलाैनी
दलदास

दलदास

प्रेमदत्त कलाैनी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x