साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्राणघातक सत्य !

आम्मै, प्राणघातक नै हो रहेछ गुरु बा, कस्तो जिरिङ्ग भयो शरीर ! हो रहेछ गुरुदेव, अति इमानदार हुनु पनि काम छैन ।अति सत्यवादी हुनु पनि मूर्खता ! सन्तान, समस्या पनि समाधान पनि।

Nepal Telecom ad

धनराज गिरी :

“गुरुदेव, हजुरका कुरा मीठा, भित्री चुरो कुरो भन्नुहुन्छ।अनुभवले खारिएको,एक दिन सत्यका बारेमा बोल्नुभएको थियो कक्षामा, कस्तो जिउ नै सिरिङ्ग भएको थियो, आज मलाई उदाहरणसहित “प्राणघातक सत्यका ” बारेमा जान्न मनलाग्यो।

“चेली कोपिला जुही, २७ बर्षे, तर अकुमारी हुन नभ्याएकी, प्रियदर्शिनी, आएकी आफ्नो गुरु प्रोफेसर जगमोहन आजादलाई भेट्न। पुलुक्क चेलीलाई हेर्यो। जिज्ञासा मनमा। शून्य भाव। आँखामा सम्मान।

“जुही, कुरा उही दोहोरिन्छ। आऊ, आज म तिमीलाई दूर अतीतमा लैजान्छु, आलोकनगरको कथा, त्यो एउटा परिवारको व्यथा सुनाउनेछु। सत्य कति कुरूप हुन्छ र मिथ्या, झूट कति सुन्दर हुन्छ, थाहा हुनेछ। कथा :

“म्याग्दीबाट आलोकनगर बसाइँसराइ गरेर आएका कुइकेल बाजेले सन्तानको नाममा लगातार १७ थान समस्या उत्पादन गरे, हो नानी, बिहे पहिलो र अन्तिम भूल हो, नगरिनहुने र सन्तानको नाममा हामीले समस्या नै उत्पादन गर्ने हो, जति सकारात्मक भए पनि, हो, पछि तिनै हल बन्ने कुरा पनि सत्य हो, वरदान पनि सन्तान नै हुन् — अरू कुरा यथावत् रहेमा !

अति राम्री बाजेकी जेठी छोरी, जुकुनी, नाम पनि अनौठो । एउटा पात्र आयो मित दाइ बनेर, अनि आफू सूर्य र मितिनी बैनीलाई कुन्ती बनाएर अलप भयो । जुकुनीको शरीरको ढप फेरियो। थाहा भयो, छिमेकमा, तर को बोल्ने ? धन्न, गर्भपतन सफल भयो, खुसुक्क। बाउआमाले हारिकिरी गरेनन्।”

“अनि जुकुनीको बिहे भयो त गुरु बा ? “कोपिला।” पख, पख, कथामा नयाँ मोड आउनेछ। केही साल बिते। जुकुनीलाई हेर्न आए,अलि परको गाउँबाट। उनीहरूले छिमेकी आमोईसित कुरा बुझे । छिमेकी आमोईले चाहेकी भए सत्य भन्न सक्थिन् — धर्म सम्झेर झूटो कुरा भनिन् । राम्रो चरित्र भएकी नानी भनेर मौन बसिन् आमोई।

बिहे भयो । कुइकेल बाजेले आमाको पाउमा माथा राखे। धन्न आमोई, धर्म छोड्नुभएन । म त धरतीमा पसे हुनेथियो।

“आम्मै, प्राणघातक नै हो रहेछ गुरु बा, कस्तो जिरिङ्ग भयो शरीर ! हो रहेछ गुरुदेव, अति इमानदार हुनु पनि काम छैन ।अति सत्यवादी हुनु पनि मूर्खता ! सन्तान, समस्या पनि समाधान पनि। जीवनको विरोधाभास !” सम्प्रेषण र केन्द्र र परिधिको साथमा जरुवाजल बोकी, एउटा सेल्फी लिएर कोपिला जुही फर्किन् ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x