साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुठेर निस्किए !

साइँलालाई काइदा दुवै हातभरी दायाँ र बायाँ परिकार थरी रोप्नु उमार्नु गोड्नु नपर्ने छोप्नु सपार्नु मोड्नु नपर्ने बुझी नसक्नु भाग्यको खेलो जो जो जन्मे नी खाने नै मेलो ।

Nepal Telecom ad

नीलहरि काफ्ले :

एकथरी भन्छन् पस्केर लेऊ
अर्का भन्दैछन् पख न चाटेर खान त देऊ
चिल्ला भ्रष्टाचार चिप्लिँदै आए
ढ्याउ-ढ्याउ गरे दुर दुर गन्हाए
उनीहरू भान्सामा छिरे,
तिनीहरू चुठेर निस्किए !

थुक्क मिठो थियो निखार्नै पाइएन
अरु भोकाएछन् अघाउन्जेल खाइएन
घिउ हाल्दै थिएँ
तेल थप्दै थिएँ
कलेजो फोक्सो उसिन्दै थिएँ
ह्याकुलो फियो भुट्दै थिएँ
मरमसला पिस्दै थिएँ
लसुन प्याज मिस्दै थिएँ
ओर्काई फर्काई चलाउँदै थिएँ
चिल्ली र रोष्ट जलाउँदै थिएँ
खाउँला भन्थेँ हतार हतार गरे
सिध्याउनै नपाई छिरेर मरे
उनीहरू भान्सामा छिरे
तिनिहरू चुठेर निस्किए !

कति हसुर्छौ ? अब पालो मेरो
आगन्तुक रिसायो भुँडी भर तेरो
एक्लै सिध्यायो डराउँदै गयो
हेरेर बस्न छटपटी भयो
पचे पचाइन्छ नपचे छेरिन्छ
सुकेको ज्यानलाई मजाले फेरिन्छ
खान छाड्ने त कुरै भएन
खाएको उस्ले खेर गएन
बरु डरायो कतिन्जेल खाउँला
लेउन छिटो खाएरै जाउँला
पछाडि अरु लाइनमा बस्नु
म निस्केपछि अनि भित्र पस्नु
बचेकुचेका हाडखोर खानु
चाटी चुटी निखारी जानु
भलाकुसारी गरी गरी खाए
मिलेर पापी घरीघरी खाए
उनीहरू भान्सामा छिरे,
तिनीहरू चुठेर निस्किए !

सन्तानको भुँडी हेर्दै छिन् आमा
तिखारे दारा छोटा र लामा
जेठो अघायो माइलो भोकायो
कुपोषण कान्छो साह्रै नै रोगायो
अन्तरेहरू छोडेनन् कुद्न
काइँलो छुच्चोलाई थालेछन् पूज्न
साइँलालाई काइदा दुवै हातभरी
दायाँ र बायाँ परिकार थरी
रोप्नु उमार्नु गोड्नु नपर्ने
छोप्नु सपार्नु मोड्नु नपर्ने
बुझी नसक्नु भाग्यको खेलो
जो जो जन्मे नी खाने नै मेलो
उनीहरू भान्सामा छिरे,
तिनीहरू चुठेर निस्किए !

०००
सिन्धुली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुर

लाहुर

नीलहरि काफ्ले
पर्दा लगाउँदैछन !!

पर्दा लगाउँदैछन !!

नीलहरि काफ्ले
लाउँछु भन्छन् !

लाउँछु भन्छन् !

नीलहरि काफ्ले
सुनकै कुम्लो बोकेर

सुनकै कुम्लो बोकेर

नीलहरि काफ्ले
के पीर भो र ?

के पीर भो र...

नीलहरि काफ्ले
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

नीलहरि काफ्ले
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x