साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चमचासन

दुनियाँभरमा चमचासनको महिमा छ ठुलो यस आसनको क्षमता ममता यसमै छ खडा रमिता अमिता यसमै छ पडा ।

Nepal Telecom ad

प्रेमदत्त कलौनी :

चमचासनले धन लाभ हुने
चमचासनले मन शान्त हुने
चमचासनको गुणगान गरौँ
चमचासनको अब मान गरौँ ।

चमचासनमा कति छन् घरका
चमचासनमा कति छन् परका
चमचासनले शुखशान्ति दिने
चमचासनमा नव कान्ति हुने ।

सब पाप अनिष्ट निवारणको
चमचासन नै जड कारण हो
चमचासनमा धन वैभव छ
चमचासनमा अझ गौरव छ ।

दुनियाँभरमा चमचासनको
महिमा छ ठुलो यस आसनको
क्षमता ममता यसमै छ खडा
रमिता अमिता यसमै छ पडा ।

पद मान र सान रवाफ हुने
यश इज्जतले परिपूर्ण हुने
चमचासनको अब ध्यान गरौँ
चमचासनको अब मान गरौँ ।

०००
कञ्चनपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुट

गुट

प्रेमदत्त कलाैनी
खाटा नलाऔँ अब

खाटा नलाऔँ अब

प्रेमदत्त कलाैनी
आगो लगाऊँ

आगो लगाऊँ

प्रेमदत्त कलाैनी
दलदास

दलदास

प्रेमदत्त कलाैनी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x