साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बत्तीसौँ शताब्दीमा

“आजभन्दा ठीक एकहजार साल पहिले । यिनले होइन यिनका पुर्खाले इतिहास राम्रो नपढेर वा नबुझेर हुँदा खाँदाको सुन्दर देश दलालहरूको हातमा सुम्पिएका थिए रे ।” उनले मसिनो स्वरमा नर्सलाई सुनाइन् ।

Nepal Telecom ad

पी पी कोइराला :

पाँच बर्ष पहिले त्यो बच्चा जहाजभित्रै जन्मिएको थियो ।
उनले निजी जहाजकी एयर होस्टेसलाई सन्तान कोखमा राखिदिएकोमा धन्यवाद दिँदै काखमा राखेर हुर्काउने जिम्मा निजी नर्सलाई दिएकि थिइन् ।

हिजो बेलुका उनी जहाजमै बेलायतको अस्पताल पुगिन् । दुवैले बच्चाको पढाइ लेखाईको जिम्मा लाउने विषयमा नर्ससँग छलफल गरे । कुरा गर्दै जाँदा नर्सले सोधिन्, “भविष्यमा के बिषय पढाउनु हुन्छ ?”

उनले भनिन, “इतिहास” ।
नर्सले सोधिन्, “किन र ?”
उनले बुढालाई देखाउँदै भनिन्, “बितेको इतिहास राम्ररी नपढेकोले मेरो यो श्रीमान् बाध्य भएर पाइलटको काम गर्दैछ ।”

नर्सले अचम्म मान्दै प्रश्न गरिन्, “अनि हजुर यत्रो धनी देशको राजकुमारी भएर पनि श्रीमानले भत्ता पाउनु हुन्न र ?”
“देश जोगाउन नसक्नेहरू वा तिनका जो सुकै मान्छेलाई सरकारी पद दिँदैन यहाँको सरकारले ।”
“हजुरका श्रीमानले कहिले कुन कहाँको देश जोगाउन सकेनन् त हजुर ?” नर्सले जान्न चाहिन् ।

“आजभन्दा ठीक एकहजार साल पहिले । यिनले होइन यिनका पुर्खाले इतिहास राम्रो नपढेर वा नबुझेर हुँदा खाँदाको सुन्दर देश दलालहरूको हातमा सुम्पिएका थिए रे ।” उनले मसिनो स्वरमा नर्सलाई सुनाइन् ।

०००
धरान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राहुराज

राहुराज

पी पी काेइराला
एक महाराज

एक महाराज

पी पी काेइराला
आनन्दतन्त्र

आनन्दतन्त्र

पी पी काेइराला
श्रीचप्पलजुत्ताहरु

श्रीचप्पलजुत्ताहरु

पी पी काेइराला
मुसोलिनी

मुसोलिनी

पी पी काेइराला
भ्रमलोकको राजा

भ्रमलोकको राजा

पी पी काेइराला
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x