साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो जीवनी बन्जर (८)

बाआमा रज बीज हुन्छ गुनिलो भन्ने बुझेको थियो कस्तो भो प्रीय काखमा गुटुमुटी ,छाती चुसेको थियो । पापी,धुर्त नहून् बरू सुत नहून् तानो बनाई दिने आफ्नो श्रेय समाज प्रेय गतिला सत्पुत्र हुुन् सम्झिने ॥

Nepal Telecom ad

हेम अधिकारी :

छोरामा खुब मख्ख मख्खसँगले सारै खुसी भैगयौँ
ऐश्वर्यै सब वृष्टिपात हुनगो हामी कुबेरै भयौँ ।
छोरैमा मनको यसै भुवनको धोको सबै भर्दियौँ ।
छोरी चैँ नहुँदा हुने बुझिलियौँ आसा मिटाई दियौँ ॥

छोरो अंश र वंश उज्ज्वल हुने यो जीवनी चम्किने
ऐलेको सुखभोग उत्तम हुने भावी सुधारी दिने ।
छोराले सब पुग्छ जीवनभरी भन्ने बुझेका थियौँ
छोरै तार्दछ वारपार जग यो झुट्टो बुझेका र’छौँ ॥

छोरामै धनमान ईज्जत हुने सारा कुलै चम्किने
पानी दान दिने र पारि तरिने विश्वासले गम्किने ।
सारा व्यर्थ रहेछ आज यसरी छोरा बिराना भए
हामी वृद्ध भयौँ थला परिगयौँ आशा मरी गैगए ॥

बाआमा रज बीज हुन्छ गुनिलो भन्ने बुझेको थियो
कस्तो भो प्रीय काखमा गुटुमुटी ,छाती चुसेको थियो ।
पापी,धुर्त नहून् बरू सुत नहून् तानो बनाई दिने
आफ्नो श्रेय समाज प्रेय गतिला सत्पुत्र हुुन् सम्झिने ॥

कालो मेघ मडारिँदै घनघटा गर्जन्छ गर्जन्छ यो
चम्किन्छन् बिजुली झिलिक्क जगतै थर्कन्छ थर्कन्छ पो ।
बाढी भित्र घरै पसेर सपना जम्मै बगाई दियो
हाम्रो फेरि वसन्तको दिन यसै कैल्यै नफिर्ने भयो ॥

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धनमहिमा

धनमहिमा

हेम अधिकारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x