साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आतङ्क

साथीलाई कोट्याउँदै “त्यता हेर त” उसले भर्खर टेबुलमा राख्दा हल्लिँदै गरेको चियाको कप साथै फोहर पानीले भरिएको बाटाको पानीको फोका तर्फ सङ्केत गर्‍यो ।

Nepal Telecom ad

विद्या ढकाल :

“ठूलै प्रलय हुने भो ।” – आतङ्कित हुँदै ऊ बोल्यो ।

“किन के त्यस्तो हुँदैछ र ?” – सँगैको साथीले जिज्ञासा राख्यो ।

“यति ठूलो वम गोला, कम्पन अनि आँधीहुरी तिमीलाई कुनै अनुभूति नै छैन ?” – आश्चर्यका साथ थर्थराएको स्वरमा उसले साथीलाई प्रतिप्रश्न गर्‍यो ।

“खोई, त्यस्तो के छ र ? म त तिम्रो कुराको केही भेऊ पाउन सकिरहेको छैन ।” – साथीले अझै उसको कुराको केही मेसो पाउन सकेन ।

“खासमा भन्ने हो भने तिमीमा समय, परिस्थिति बुझ्न सक्ने चेतना नै रहेनछ ।” हेयको भावमा उसले साथीलाई भन्यो ।

साथीलाई कोट्याउँदै “त्यता हेर त” उसले भर्खर टेबुलमा राख्दा हल्लिँदै गरेको चियाको कप साथै फोहर पानीले भरिएको बाटाको पानीको फोका तर्फ सङ्केत गर्‍यो ।

०००
तनहुँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जवाफ

जवाफ

विद्या ढकाल
चर्चा

चर्चा

विद्या ढकाल
0
Would love your thoughts, please comment.x
()
x