साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जवाफ

तिम्रो धेरै राम्रो अङ्क रहेछ । चाहेको देश जान सक्छौ । यहाँ बसेर आफ्नो भविष्य किन बिगार्छौ ? बरु जाने प्रक्रिया र त्यसको बन्दोबस्त मिलाउने कुरामा हामी सहजीकरण गरौँला ।

Nepal Telecom ad

विद्या ढकाल :

“नमस्कार” – उसले श्रद्धापूर्वक शिर झुकायो ।
अन्तर्वार्ता लिन लहरै बसेका सबै (हाकिमहरू)ले सरसर्ती शिरदेखि पाउसम्म उसलाई हेरे । आदेश पाएपछि ऊ सामुन्नेको कुर्सीमा बस्यो ।

“तिमीले त धेरै राम्रो अङ्कमा पास गरेका रहेछौ ।” – उसको कागज पत्र पल्टाउँदै एउटाले कुरा सुरु गर्‍यो ।
“यति राम्रो अङ्क हुनेले त बाहिर पो जानु पर्ने । के हिसाबले यतै रोकियौ ?” – दोस्रोले थप्यो ।
ऊ फिस्स हाँस्यो । अनि सुस्तरी बोल्यो – “मेरो ज्ञान, योग्यता, क्षमता यही देशमा भिजाउने मन छ ।”

कोठा हाकिम साबहरूको तिरस्कारपूर्ण हाँसोले गुञ्जियो । ऊ भने केही मेसो पाउन नसकी अचम्मित बनिरहेको थियो ।

त्यही मेसोमा एउटाले थोरै पिप्लो घसेको भाषामा सहानुभूति अनि अर्तिको भाषा बोल्यो – “तिम्रो धेरै राम्रो अङ्क रहेछ । चाहेको देश जान सक्छौ । यहाँ बसेर आफ्नो भविष्य किन बिगार्छौ ? बरु जाने प्रक्रिया र त्यसको बन्दोबस्त मिलाउने कुरामा हामी सहजीकरण गरौँला ।”

ऊ अक्क न बक्क थियो । के बोलूँ के नबोलूँ भयो । अनायास उसको मुखबाट जवाफ फुत्कियो – “दलालहरू !”

०००
तनहुँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आतङ्क

आतङ्क

विद्या ढकाल
चर्चा

चर्चा

विद्या ढकाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x